प्रधानन्यायाधीशका लागि रस्साकस्सी, योग्य न्यायाधीशबारे संवैधानिक परिषदमा आज छलफल
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार ११:२६:३
२६ भदौ, काठमाडौं । सामान्यतया सर्वोच्च अदालतको प्रधानन्यायाधीश रोलक्रम अनुसार सिफारिस हुने प्रचलन छ । प्रधानन्यायाधीश बन्ने रोलक्रम अनुसार प्रकाशमानसिंह राउतलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्छ । तर, ८ जना सर्वोच्चका न्यायाधीशहरू प्रधानन्यायाधीश बन्ने प्रतिस्पर्धामा छन् । न्यायपरिषदले ८ जनाको नाम संवैधानिक परिषदमा पठाएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी १९ असोजमा ६५ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन् । उनी जानुभन्दा एक महिना अगाडि नयाँ प्रधानन्यायाधीश सिफारिस हुनुपर्छ । यसैले आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक बोलाएका छन् । आज साँझ पाँच बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको छ ।
नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषदले योग्यता पुगेकाहरूको सूची पठाएको हो । यो सूचीमा आज छलफल हुन्छ । प्रकाशमानसिंह राउत वरिष्ठतम न्यायाधीश हुन् । गोपाल पराजुलीले प्रधानन्यायाधीशबाट राजीनामा दिएपछि प्रधानन्यायाधीश बन्ने रोल क्रममा दीपकराज जोशी थिए । तर, उनलाई प्रधानन्यायाधीश बन्न दिइएन । त्यो बेला पनि प्रधानमन्त्री ओली नै थिए । संसदीय सुनुवाइ समितिले जोशीको नाम अनुमोदन नगरेपछि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बने ।
नेपालको संविधानमा ३ वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने व्यवस्था छ । त्यही आधारमा सर्वोच्च अदालतमा ३ वर्ष न्यायाधीश भइसकेकाहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोज शर्मा, डा. कुमार चुँडाल, डा. नहकुल सुवेदीको नाम परिषदको सचिवालयमा पठाएको हो ।
यी मध्ये न्यायाधीश ढुंगाना भने कात्तिकको पहिलो साता अवकाश हुँदैछन् । अहिलेसम्मको अभ्यास अनुसार, संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्दै आएको छ । त्यो अभ्यास कायम रहेमा न्यायाधीश राउत प्रधानन्यायाधीशमा सिफारिस हुनेछन् । उनको नाम अनुमोदन भएमा उनले करिब १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।
प्रधानमन्त्री ओलीको चाहना भने सपना प्रधानलाई प्रधानन्यायाधीश बनाउनेछ । प्रधानमन्त्री केही दिनमा अमेरिका भ्रमण जाने भएकाले बैठक बुधबारकै लागि बोलाइएको हो । संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ । उपसभामुख पनि यतिबेला विवादमा परेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआरएन विवादमा मिसिल झिकाउने आदेश
भदौ ३१, २०८१ सोमबार
नदी किनारमा २० मिटर मापदण्डबारे सरकारले दर्ता गरायो सर्वोच्चमा भ्याकेट निवेदन
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
रविलाई विश्वप्रकाशको प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?
असोज १, २०८१ मंगलबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज २, २०८१ बुधबार
दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो
असोज २, २०८१ बुधबार
अल नासरले बर्खास्त गर्यो मुख्य प्रशिक्षक
असोज २, २०८१ बुधबार
मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन
असोज २, २०८१ बुधबार