मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार ७:३२:३१
२८ भदौ, रसुवा । गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी मार्गबाट धार्मिकयात्रा गरेका छन् । रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाका अनुसार कैलाशयात्रा गर्ने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली रहेका थिए । उनीहरूको साथमा करिब दुई सय अन्य देशका पर्यटकसमेत मानसरोवर कैलाश गएको अध्यागमन कार्यालयले जनाएको छ ।
धार्मिकयात्रीमध्ये काठमाडौँबाट टिमुरे तथा स्याफ्रुबेँसीका लागि दुई हजार १० यात्री हेलिकप्टरबाट र अन्य यात्री मोटरमार्फत स्थलमार्गबाट रसुवागढी पुगेको रसुवा जिल्ला प्रहरी प्रवक्ता नेत्रप्रसाद पौडेलले जानकारी दिए । मानसरोवर कैलाशयात्राका लागि फाट्टफुट्ट रूपमा जान नपाइने र ट्राभल एजेन्सीमार्फत समूहगत भिसामा मात्र जान पाइने चिनियाँ प्रावधान रहेको बताउँदै अध्यागमन प्रमुख निरौलाले खर्चको हिसाबमा नेपालीका लागि ट्राभल एजेन्सीअनुसार फरक–फरक दररेट पाइएको छ । नेपालीका लागि कुनै ट्राभल एजेन्सीले रु एक लाख ३५ हजार र कुनैले रु एक लाख ७० हजारसम्म लिने गरेको यात्रीले बताएका छन् ।
समुद्र सतहबाट पाँच हजार सात सय मिटरको उचाइमा जानुपर्ने भएका कारण ट्रेकिङ एजेन्सीले ठाउँठाउँमा बास राखी हावापानीको वातावरण मिलाउँदै लाने गरेको र १० दिन अन्तरालमा धार्मिकयात्रा सम्पन्न गराई नेपाल फर्काउने गरेको बताइएको छ । यात्री टिमुरे तथा घट्टेखोला क्षेत्रका होटलमा एक रात बस्ने गरेका कारण सीमावर्ती स्थानका होटल तथा लज व्यवसाय चलायमान भएको व्यवसायीले बताएका छन् ।
टिमुरेको घट्टेखोला तथा स्याफ्रुबेँसीमा हेलिकप्टर अवतरण गर्ने हेलिप्याड निजी जग्गामा मात्र भएकाले हेलिप्याड बनाउने दुई स्थानीयवासीले पनि मनग्य आम्दानी लिन सफल भएका छन् । प्रहरीको तथ्याङ्कानुसार नेपालका विभिन्न हेलिकप्टर कम्पनीले जेठदेखि भदौ २४ सम्म चार सय दुई उडान भरेका थिए ।
मानसरोवर कैलाश जाने सवारीसाधन सिधैँ टिमुरेतर्फ प्रस्थान गर्ने भएका कारण धुञ्चेका व्यवसायीले ती यात्रुबाट कुनै पनि लाभ लिन नसकेको बताउँदै यहाँका व्यवसायीले एक रात धुञ्चेमा बसाल्ने वातावरण मिलाउन आग्रह गरेका छन् । धुञ्चेमा बास राख्दा यात्रीलाई यहाँबाट देखिने लाङ्टाङ हिमालको अवलोकन गर्न र नेपालको एकमात्र तामाङ सङ्ग्रहालय अवलोकन गराई हिमाली बासिन्दाको परापूर्वका इतिहास हेर्न सहज हुने बताइएको छ ।
यस्तै रसुवागढी नाकाबाट एक हजारभन्दा बढी विदेशी पर्यटक ल्हासातर्फ गएका छन् । मानसरोवर कैलाश जानका लागि भारतीय नागरिक भने नआएको अध्यागमन कार्यालयले जनाएको छ । कैलाश तीर्थ गएका यात्रीमध्ये लेक लाग्ने समस्याका कारण एक विदेशीसहित चारजना नेपालीको मृत्यृ भएको र आठजना नेपाली बिरामी परेको जानकारी सुरक्षाकर्मीले दिए ।
रसुवागढीको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । दैनिक रूपमा मानिस तथा मालवाहक सवारीसाधन ओहरदोहर भइरहने नाका क्षेत्रमा हुनसक्ने अवैध चोरी सिकारी नियन्त्रणका लागि सुरक्षाकर्मीद्वारा विभिन्न कोणबाट जाँचकार्य तीव्र बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर मनसुनी वायुको प्रभाव कायम
असोज ४, २०८१ शुक्रबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
देशभर मनसुनी वायुको प्रभाव कायम
असोज ४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार