कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार ८:५०:३२
२८ भदौ, स्याङ्जा । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन्। विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका हुन् । परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा रु ८५ हजार लगानी गरेर व्यवसाय सुरु गरेको बताए ।
“घरमा भएका खरी जातका आठवटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका एक–एकवटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ”, उनले भन, “अहिले फार्ममा ७३ वटा बाख्रा छन् ।” किसान क्षेत्रीले बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा रु तीन लाख ५० हजार आम्दानी गर्दै आएको बताए । उनले १६ रोपनी जग्गामा केराखेती पनि गरेका छन् । “केराखेतीबाट वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएको छु । यो वर्ष दुई सय ९२ केराका बोट हावाले ढाल्यो”, उनले भने ।
अरूलाई यो गर्नुपर्छ भन्नुभन्दा आफैँले गरेर देखाउनुपर्छ भन्ने सोचसहित बाख्रा पालेको उनले बताए । उनको फार्ममा खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म रु १५ लाख लगानी भएको छ । उनको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन् । “अहिले व्यवसाय राम्रो हुँदै गएको छ । उत्पादन गर्न सके बजारको समस्या छैन । खसीबोका पोखरा पठाउँछु”, किसान क्षेत्रीले भने । चरन क्षेत्रको समस्या छैन । ” यहाँका प्रत्येक घरमा १० देखि २५ वटासम्म बाख्रा छन् । एक घरको गोठालो जान नपाउँदा अर्को घरकाले सहयोग गर्ने चलन छ ।
“व्यवसायबाट सन्तुष्ट छु । बाख्रापालन र केराखेतीबाट मासिक रु एक लाख ५० हजार सम्म आम्दानी हुने गरेको छ ”, उनले भने, “मालिक बन्छु भन्ने सोच राखियो भने प्रगति हुँदैन । आफू सक्रिय भएर व्यवसाय थाल्ने हो भने सफल बन्न सकिन्छ, विदेश जानुपर्दैन ।” सरकारबाट अनुदान नलिएको उनले बताए । नगद नभई दानापानीमा अनुदान दिनुपर्नेमा उनको जोड छ । क्षेत्रीले बाख्रा र केरा बेचर बुटवल, सुनवल, चितवन, मिर्दी भिमाद सडकमा घडेरी किनेको बताए । उनले गाउँमा गाह्रोसाह्रो पर्नेलाई दिएको रु ७५ लाखसम्म पुगेको बताए ।
गाउँपालिकाका कृषि अधिकृत हरिप्रसाद गैह्रेले पालिकाले किसानलाई निःशुल्क उपचार तथा औषधि वितरण, परामर्श, घाँसका बीउ वितरणलगायत सहयोग गर्दै आएको बताए । गत वर्ष दुईवटा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन थिए । त्यतिबेला २८ वटा शुद्ध बोयर बीउ बोका वितरण गरियो । तीन सयभन्दा धेरै कुखुराका चल्ला पनि वितरण गरियो । यो वर्ष पनि किसानका मागका आधारमा काम गर्छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषि उपजका लागी नेपाल किसान महासंघले माग्यो सरकारसँग अनुदान
असोज २, २०८१ बुधबार
बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा
असोज २, २०८१ बुधबार
पश्चिम म्याग्दीका किसान कोदो खेतीतिर आकर्षित
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
रविलाई विश्वप्रकाशको प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?
असोज १, २०८१ मंगलबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
असोज २, २०८१ बुधबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज २, २०८१ बुधबार
दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो
असोज २, २०८१ बुधबार
अल नासरले बर्खास्त गर्यो मुख्य प्रशिक्षक
असोज २, २०८१ बुधबार