सुगर विरामीका कारण डाइभर्ट भएको भिस्ताराको जहाज बाँकी यात्रु बोकेर दिल्ली उड्यो
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार १५:९:२
२८ भदौ, काठमाडौं । शुक्रबार १ सय ६१ जना यात्रु बोकेर दिल्लीका लागि उडिसकेको भिस्तारा एयरको जहाज एक विरामीका कारण पार्किमा डाइभर्ट गर्नुपर्यो । जहाजको बोर्डमा बसेका डायबिटिजका यात्रुको सुगर एकाएक बढेर अप्ठ्यारो भएपछि दिल्ली उड्नै लागेको जहाज पुनः पार्किङ–वेमै फर्काइएको थियो ।
उक्त जहाज अहिले दिल्ली पुगिसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, ११ः३० बजे दिल्ली फर्किने तालिका रहेको भिस्ताराको यूके–१५८ उडान नम्बर भएको न्यरोबडी जहाज धावनमार्गको टेकअफ विन्दुमा पुगेर पुनः पार्किङ वेमै फर्किएको हो ।
१ सय ६१ जना यात्रु राखेर दिल्ली जान लागेको जहाजभित्र रहेकी एक महिला यात्रुले आफूलाई सुगर बढेका कारण अप्ठ्यारो भएको जानकारी दिएपछि चालक दलले जहाज उडिसके पछि पायक पर्ने अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गर्दा चुनौती थपिने भएकाले काठमाडौंमै ओराल्ने निर्णय लिएका थिए ।
यात्रुलाई जहाजबाट झारे लगत्तै एम्बुलेन्समा राखेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पठाइएको थियो । त्यसपछि बिरामीलाई झारेर भिस्तारा दिल्ली उडेको थियो । दिल्ली–काठमाडौं दैनिक दुई वटा उडान गर्ने भिस्ताराको शुक्रबारको यो पहिलो उडान थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा काटिएको लाइन जोड्ने प्राधिकरणको निर्णय, मन्त्रिपरिषदको निर्देशन कार्यान्वयन हुने
कात्तिक २७, २०८१ मंगलबार
दोहाबाट आएको कतार एयरलाइन्सको जहाज भैरहवा अवतरण, काठमाडौं हुँदै फेरी दोहा फर्कने
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु
कात्तिक २७, २०८१ मंगलबार