कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार ७:४८:४५
२ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरी विश्वासको मत लिने भएका छन् । आज अपरान्ह १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका छन् ।
माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरी विश्वासको मत लिन लागेका हुन् । माओवादीले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । केन्द्रमा एमाले- कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो ।
अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले-कांग्रेसको सरकार रहेको छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
असोज १, २०८१ मंगलबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले फेरी विश्वासको मत लिँदै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
आजदेखि सुरु गर्यो सहुलियत पसल : चामल र दालमा प्रतिकेजी ५ रुपैयाँ छुट ! [ फोटो फिचर ]
असोज ३, २०८१ बिहिबार
भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने
असोज ३, २०८१ बिहिबार
असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने
असोज ३, २०८१ बिहिबार
पहिलो दिनमै पचीस सय सर्वसाधारणले चढे धरहरा
असोज ३, २०८१ बिहिबार