तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार १२:४९:३
३ असोज, काठमाडौं । यही असोज १ गते विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरेका भक्तजनले काठमाडौं उपत्यकाका नदीको मुहानस्थित पवित्र तीर्थस्थलमा प्रतिमा सेलाउन थालेका छन् ।
कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन असोज १ गते कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका थिए । त्यसको भोलिपल्ट बुधबार बेलुकीदेखि नदीको मुहान क्षेत्रका तीर्थस्थलको पवित्र जलमा लगी बाबा विश्वकर्माको प्रतिमा सेलाउन थालिएको हो ।
असोज १ गते विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरिएको थियो । बालुवाबाट बनाइएको मूर्ति नदीको मुहान क्षेत्रका पवित्र तीर्थस्थलमा सेलाइन्छ । तस्विरलाई भने नियमितरुपमा पूजा आराधना गर्ने विधि छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल, रुद्रमती र विष्णुमती नदीको मुहानस्थल बूढानीलकण्ठ एवं मनोहरा नदीको मुहानस्थल साँखु क्षेत्रमा सेलाउन थालिएको हो । विश्वकर्माको प्रतिमालाई विभिन्न नदीको मुहानस्थित पवित्र तीर्थस्थल वा अन्य शुद्ध जल भएको स्थलमा लगी सेलाउने गरिन्छ ।
द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रबीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्र बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै तयार पारेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालीगढले असोज १ गते भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यसरी पूजा गरिएको प्रतिमालाई पूजा सकिएको २४ घण्टापछि सेलाउने क्रम सुरु गरिन्छ । तीन दिनसम्म विश्वकर्माको प्रतिमा सेलाएर सक्ने विधि रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा
असोज ३, २०८१ बिहिबार
दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार