‘प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत’
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार १५:२५:४४
३ असोज, धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएको छ ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले संविधान दिवसका अवसरमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधान जारी भए पश्चात्का उपलब्धिलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए ।
मुख्यमन्त्री सिंहले विरोध र समर्थनका बीचमा जारी भएको संविधानमा यदि केही त्रुटि छ भने त्यसलाई संशोधन गरी अघि बढ्नुपर्ने धारणा राखे । उनले प्रदेशमा आफ्नो प्रशासन नभएसम्म सुशासन कायम गर्न चुनौती रहेको बताउँदै शिक्षामा सुधारका लागि शिक्षक भर्नाको अधिकार प्रदेशलाई दिनुपर्ने बताए ।
देशमा सङ्घीयता प्राप्तिपछि विभिन्न उपलब्धि र विकास भएको उल्लेख गर्दै संविधानको मूल मन्त्रलाई पालना गरी अघि बढेमा देश समृद्ध हुने उनको भनाइ छ । उनले सङ्घीयता आन्दोलनबाट प्राप्त भएकाले कसैले भन्दैमा समाप्त नहुने दाबी गरे ।
.मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानमा गरिब र धनी सबैका अधिकार समेटिएको उल्लेख गरे । उनले संविधान विश्वकै उत्कृष्ट भएकाले यसलाई इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, “देशमा धेरै विचारहरू छन् । त्यो सबै विचारको साझा विचार संविधान हो ।”
गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संविधानले संशोधनको बाटो खोलेका कारण संविधानभित्रका त्रुटि पहिचान गरी संशोधन गर्न सकिने बताए । कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले संविधानको विकास क्रम र सङ्घीयताको अवस्था विषयक प्रस्तुति राखेको थियो ।
कार्यक्रममा कलाकारहरूले देशभक्ति गीतमा नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा मधेस प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, चारवटै सुरक्षा निकायका प्रमुखहरू, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, पत्रकार नागरिक समाजका व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रम सुरु हुनु अघि रामानन्द चोकबाट प्रभावत फेरी निकालिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विश्वशान्ति तथा मानवकल्याण नै सबै धर्मको मूल निचोड हो’
असोज १, २०८१ मंगलबार
राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न
भदौ ३०, २०८१ आइतबार
रौतहटको मौलापुर नगरपालिका ९ का वडा अध्यक्षमाथि यौन शोषणको आरोप
भदौ २८, २०८१ शुक्रबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार