आणविक हतियार प्रयोग गर्ने पुटिनको चेतावनी
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार ९:२६:३६
१० असोज, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एकपटक पश्चिमी देशहरूलाई आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् । बीबीसीका अनुसार पुटिनले बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका थिए । यसमा उनले सरकारले आणविक हतियारको प्रयोगसँग सम्बन्धित नियम र सर्त परिवर्तन गर्न लागेको बताएका छन् ।
पुटिनले देशको आणविक नियममा धेरै नयाँ कुरा थपिने बताएका छन् । यसमा रूस विरुद्ध मिसाइल वा ड्रोन हमलाहरूविरुद्ध परमाणु हतियारको प्रयोग पनि समावेश छ । यदि रूसी क्षेत्रमा ठूलो मात्रामा मिसाइल वा ड्रोन आक्रमण भयो, जसले देशको सार्वभौमसत्तालाई गम्भीर रूपमा खतरामा पार्न सक्छ, रूसले अझै पनि आणविक हतियारहरू प्रयोग गर्न सक्छ ।
रसियाली राष्ट्रपतिले आणविक हतियार नभएको मुलुकले रुसमाथि परमाणु हतियार भएको देशको सहयोगमा आक्रमण गरेमा त्यसलाई दुवै देशले आक्रमण मानिने बताए । उनले रुसको आणविक हतियार देश र नागरिकको सुरक्षाको सबैभन्दा ठूलो ग्यारेन्टी भएको बताए ।
पुटिनले आणविक हतियारको प्रयोगका लागि परिस्थिति परिवर्तन गर्न आवश्यक भएको भन्दै विश्व तीव्र गतिमा परिवर्तन भइरहेको बताए ।
पुटिनले पश्चिमी देशहरूलाई आणविक युद्धको धम्की दिएको यो पहिलो पटक भने होइन । रुसी राष्ट्रपतिले सेप्टेम्बर १२ मा पनि यदि पश्चिमी देशहरूले युक्रेनलाई क्रुज मिसाइल प्रयोग गर्न अनुमति दिए भने यसको मतलब नाटो रुसविरुद्ध युद्धमा प्रवेश गरेको बुझिने बताएका थिए । यदि यस्तो भयो भने अवश्य जवाफ दिने उनले बताएका थिए ।
युक्रेन अमेरिका र पश्चिमी देशको सहयोगमा रुसविरुद्ध साढे दुई वर्षदेखि युद्ध लडिरहेको छ । युक्रेनले अगस्टमा रुसमा प्रवेश गरी धेरै क्षेत्र आफ्नो कब्जामा लिएको थियो । रुसले आफ्नो क्षेत्र मुक्त गर्न खोजिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार