अविरल वर्षा: देशका विभिन्न नदीमा जलसतह खतरास्तर नजिक
नेपालबहस संवाददाता
असोज १२, २०८१ शनिबार ७:४४:५
१२ असोज,काठमाडौं । अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ ।
विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ । अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशका विभिन्न स्थानमा बाढीपहिरोमा परी ६ जनाको मृत्यु, सात जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
असोज १२, २०८१ शनिबार
वर्षा नरोकिएपछि आन्तरिक उडान बन्द
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी ६ जनाको मृत्यु, सात जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
असोज १२, २०८१ शनिबार
त्रिकोणात्मक टी-२० सिरिज: आज नेपाल र क्यानडा खेल्दै
असोज १२, २०८१ शनिबार
वर्षा नरोकिएपछि आन्तरिक उडान बन्द
असोज १२, २०८१ शनिबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार