कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
नेपालबहस संवाददाता
असोज १२, २०८१ शनिबार ९:३०:२०
१२ असोज, धरान (सुनसरी) । निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।
आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए।
नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित
असोज १२, २०८१ शनिबार
देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी ६ जनाको मृत्यु, सात जना बेपत्ता
असोज १२, २०८१ शनिबार
वर्षा नरोकिएपछि आन्तरिक उडान बन्द
असोज १२, २०८१ शनिबार
अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
असोज १२, २०८१ शनिबार
भोटेकोसीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग टुट्यो सम्पर्क
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
सुन तस्करीको लाइन मिलाउने थुप्तेनलाई थुनामा राख्न सर्वोच्चको आदेश
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकाका धेरै क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध, लाइन बनाउनै समस्या
असोज १२, २०८१ शनिबार
शनिबार विहानको बागमती र धोबीखोला (फोटोफिचर)
असोज १२, २०८१ शनिबार