पार्टी कार्यालयलाई थप व्यवस्थित गर्न आफ्नै भवन निमार्ण गर्दै एमाले
नेपालबहस संवाददाता
असोज २५, २०८१ शुक्रबार ९:१७:५६
२५ असोज, काठमाडौं । लामो समयदेखि भाडामा बस्दै आएको एमाले पार्टी अबदेखि आफ्नै भवनमा बस्ने भएको छ । त्यसका लायि नेकपा एमालेले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेर आजै उद्घाटन गर्दैछ । भाडाका विभिन्न भवनमा बस्दै आएको पार्टी कार्यालयलाई थप व्यवस्थित गर्नका लागि आफ्नै कार्यालय निर्माण गर्न लागेको हो ।
बाढीले च्यासलस्थित पार्टी कार्यालयमा रहेका महत्वपूर्ण दस्तावेजहरु समेत नष्ट भएपछि बिहीबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा केन्द्रीय कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडामा बस्दै आएकाले पनि यसबर्षभित्रै पार्टी कार्यालय बनाउने बताए । च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई–तीनपटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय भएको उनले बताए ।
शुक्रबार (आज) १२ः२५ मा कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको शिलान्यास हुने उपमहासचिव ज्ञवालीले जानकारी दिए । उनले भने, ‘२०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा रहेको हाम्रो पार्टी केन्द्रिय कार्यालय ध्वस्त भयो। त्यसयताका ९ वर्ष हामी विभिन्न ठाउँमा भाडाका भवनहरुमा बस्दै आएका छौँ । यस पटक यहाँ पनि हामीले दुई, तीन पटक बाढीको सामना गर्नुपर्यो। यो स्थिति अन्त्य गर्न स्थायी रुपमा भवन निर्माण गर्ने निर्णय गरेका छौँ। भोलि १२ः२५ मिनेटमा कीर्तिपुर नगरपालिका २ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालयको शिलान्यास हुनेछ ।’
त्यस्तै बैठकले विपद्पछिको पुनःनिर्माण, पुनःस्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता–कार्यकर्ता र जनप्रतिनिधिहरुलाई आह्वान गरेको छ । समाजमा निराशा, हतास मनःस्थिति, नकारात्मक विद्वेष फैल्याउने प्रवृत्तिहरू छिटपुट देखापरेकाले देश बन्छ भन्ने आत्मविश्वास र देश विभिन्न सन्दर्भमा बनिरहेको छ भन्ने सकारात्मक सन्देश र लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय भएको बताए । ‘समाजमा निराशा, हतास मनस्थिति, नकारात्मकता, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेका छन् । त्यो गलत छन् । देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश बन्छ भन्ने आत्मविश्वास साथै लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आव्हान गरेका छौं,’ ज्ञावालीले भने ।
बैठकले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीलाई जिताउन लागि आगामी कार्तिक २२ गतेसम्म तल्ला कमिटीहरुले त्यससम्बन्धी आवश्यक निर्णय गरेर केन्द्रिय कार्यालयमा पठाइसक्न आह्वान गरेको छ । उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटी र त्यस वरपरका कमिटीले समेत सक्रिय रुपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्नेगरी उपनिर्वाचनमा नेकपा एमालेको विजयलाई सुनिश्चित गराउन तदनुरुप तयारी गर्न आह्वान गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको विभागमा १० सदस्य मनोनयन
कात्तिक २९, २०८१ बिहिबार
म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने दृढतामा स्पष्ट छु: प्रधानमन्त्री ओली
कात्तिक २९, २०८१ बिहिबार
कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार
कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापतिको निर्देशन
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
कात्तिक २९, २०८१ बिहिबार
म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने दृढतामा स्पष्ट छु: प्रधानमन्त्री ओली
कात्तिक २९, २०८१ बिहिबार
काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका ३ जना मृत भेटिए
कात्तिक २९, २०८१ बिहिबार
अधिकारकर्मीहरूको मागः आयोगका पदाधिकारी छनोट प्रक्रिया पारदर्शी होस्
कात्तिक २९, २०८१ बिहिबार