बाग्लुङको काठेखोला गाउँपालिकाको एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गतआलु भण्डारण गृह
इन्द्र रिजाल
बैशाख २६, २०७६ बिहिबार २०:३६:१६
बाग्लुङ । काठेखोला गाउँपालिकाले गाउँपालिका–३ स्थित धम्जा, असौजेर्मा आलु भण्डारण गृह’ निर्माण गर्न थालेको छ । यसका लागि गाउँपालिकाले यस आवमा रु आठ लाख बजेट छुट्टाएको हो । उक्त बजेटबाट जगमा पर्खाल उठाउने काम भइरहेको निर्माण समितिका अध्यक्ष भविलाल विकले बताए । थप बजेट उपलब्ध भए यही वर्ष निर्माण सक्ने लक्ष्य समितिको रहेको छ । “अहिलेको बजेटले जग र भुइँतलासम्म ढलान हुन्छ”, अध्यक्ष विकले भने, “गाउँपालिका पनि स्रोत जुटाएर काम सक्ने पक्षमा छ ।” थप बजेट उपलब्ध नभए भण्डारण गृहको काम अर्को वर्षसम्म धकेलिनेछ ।
एकतले उक्त गृहमा दश टनसम्म आलु भण्डारण गर्न सकिने जनाइएको छ । भण्डारण गृह बन्ने भएपछि यहाँका आलु किसान खुशी भएका छन् । घरमा राख्दा चाम्टिने, कुहिने, किरा लाग्नेजस्ता समस्या झेलेका किसानले अब सहजै आलु भण्डारण गर्न पाउनेछन् ।
खेतबारीबाट झिकेको आलु लामो समयसम्म ताजा र सुरक्षित राख्न भण्डारण गृह उपयोगी मानिन्छ । धम्जाको असौजे, ओखले, सायकटेरा, तारेभीर र देउराली मुख्य आलुखेती हुने क्षेत्र हुन् । धम्जालाई आलुको ‘पकेट गाउँ’ का रूपमा चिनिन्छ ।त्यहाँ झण्डै २०० घरले व्यावसायिक आलुखेती गर्दै आएको वडाध्यक्ष याम श्रीसले बताए । “आलु धम्जाको मुख्य नगदे बाली हो”, उनले भने, “यहाँको उत्पादन बढाउन र व्यवसायीकरणमा भण्डारण गृहले सघाउने हाम्रो विश्वास छ ।” गाउँपालिकाले पनि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत आलुका लागि धम्जालाई छनोट गरेको हो ।
धम्जाका एकै घरपरिवारले तीस मुरीसम्म आलु फलाउने गरेका छन् । धम्जाको आलु स्वादिलो हुने हुँदा सदरमुकामलगायत बजार क्षेत्रमा यसको माग पनि बढ्दो छ । खन्दाखन्दै किन्दा प्रतिपाथी रु १०० सम्म आलु बिक्री हुने गरेको छ । प्राङ्गारिक मल प्रयोग गरिने हुँदा धम्जाको आलु स्वास्थ्यवद्र्धक पनि मानिन्छ । किसानले ओखले क्षेत्रलाई ‘जैविक गाउँ’ घोषणा गर्ने तयारी पनि अघि बढाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
प्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार