प्रहरी अस्पतालले राम्रो सेवा दिएपछि सर्वसाधारणको चाप बढ्दै
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
जेठ ३, २०७६ शुक्रबार १४:४८:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-police-hospital-1_yyqouVdy6l.jpg)
काठमाडौं । नेपाल प्रहरी अस्पतालको स्वास्थ्य सेवाप्रति नागरिकको आकर्षण बढेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को २०७४ जेठ ४ गतेको निर्णयले २०७४ कात्तिक २६ गतेबाट प्रहरी अस्पतालमा औपचारिक रुपमा नागरिकको लागि स्वास्थ्य उपचार सेवा प्रदान गर्न थालिएको हो ।
यसअघि प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र तिनका परिवारको मात्र उपचार हुँदै आएको थियो । अस्पतालमा हाल आकस्मिक, वहिरङ, अन्तरङ (बेड भर्ना), प्याथोलोजी, रेडियोलोजी, आइसियु, हेमोडायलाइसिस र सर्जरी लगायतका सेवा प्रदान गरिन्छ । उपचार लिने आउने नागरिकको संख्या ह्वात्तै बढेबाट पनि नेपाल प्रहरी अस्पतालको स्वास्थ्य सेवाप्रति नागरिकको आकर्षण बढेको पुष्टी हुन्छ । सेवा सुरूवातदेखि बैशाख मसान्तसम्म कूल १० हजार ३ सय ५९ जना नागरिकले सेवा प्राप्त गरेका छन् ।
अस्पतालमा उपचार गर्न आएका बिरामीहरूले अस्पतालको सेवा धेरै राम्रो र आर्थिक रुपमा सस्तो भन्दै खुसी व्यक्त गर्नेगरेको अस्पतालमा कार्यरत प्रहरी नायव उपरीक्षक डा. नवीनकुमार रौनियारको अनुभव छ । प्रहरी अस्पतालमा नागरिकको पनि उपचार हुन्छ भन्ने थाहा थिएन । त्यसैले पहिलोपल्ट आएको भन्ने विरामीहरूको संख्या दैनिक थपिने गरेको डा. रौनियारको भनाई छ । अस्पतालमा हुन नसक्ने उपचारको लागि रिफर गर्न खोज्दा यहीं नै उपचार गरिदिए हुन्थ्यो भन्ने धेरैले चाहना राख्ने गरेको अनुभव अस्पतालमा कार्यरत प्रहरी नायव उपरीक्षक डा. सविता सिंहको छ । सेवा प्रभावकारी भए पनि देशका कुना कुन्दराका सेवाग्राहीका लागि अस्पतालको पहुँच कठिन छ । विकट स्थानमा समेत स्वास्थ्य सेवा पहुँच होस् भन्ने सदीक्षा नेपाल प्रहरीको छ । यस्तो सदीक्षा पुरा गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्पतालले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली खटाएर देशका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
अस्पतालमा डेन्टलतर्फ १ हजार ३ सय ६३, नाक-कान-घाँटीतर्फ ७ सय ६, इमरजेन्सीतर्फ २ सय ९३, आँखातर्फ ४ सय ६६, मेडिसिनतर्फ १ हजार ८ सय २६, नेफ्रोतर्फ ९६ जना, न्यूरोतर्फ ७ जनाले सेवा लिएका छन् । यसैगरी गाइनोतर्फ ९ सय ६९, अर्थोपेडिकतर्फ १ हजार २ सय ३४, बालरोगतर्फ २ सय ३५, मानसिकतर्फ १ सय ६६, छालारोगतर्फ ७ सय ४०, सर्जिकलतर्फ ७ सय ५०, ल्याब्रोटरीतर्फ २ हजार ७०, फिजियोथेरापीतर्फ ५ सय ५६ जना, रेडियोलोजीतर्फ २ हजार, ९ सय २६ जना सेवाबाट लाभाञ्वित भएका छन् । साथै अन्तरंगसेवातर्फ जनरल वार्डमा १ सय ३७ र आइसियूतर्फ २८ गरी जम्मा १ सय ६५ जनाले बेड भर्ना भई उपचार सेवा प्राप्त गरेका छन् ।पूर्व तथा बहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले विसं २०४० चैत २६ गते अस्पतालको स्थापना भएको हो ।
अहिले अस्पतालको सेवा वृहद स्वरुपतर्फ फैलँदो छ । सुरुमा २५ शैयाबाट सेवा प्रारम्भ भएको अस्पतालमा हाल १ सय ५० शैया छन् । ३ सय शैयाको अत्याधुनिक अस्पताल बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालको सेवा विस्तार र गुणस्तर वृद्धिका सम्बन्धमा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा भन्छन्, “अस्पतालको ल्याव अन्तर्राष्ट्रिय आइएसओ स्टायाण्डर्डको छ । वरिष्ठ चिकित्सकहरूबाट स्तरीय सेवा उपलब्ध गराइन्छ । उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल कटिबद्ध छ । यसका लागि अन्य अस्पतालबाट विशेषज्ञ चिकित्सक ल्याएर समेत सेवा प्रदान गरिन्छ ।”
प्रहरी अस्पतालमा चिकित्सक, नर्स र अन्य कर्मचारी समेत गरी प्राविधिकतर्फ ५ सय ३६ र प्रशासनतर्फ १ सय ६ जना गरी जम्मा ६ सय ४२ जना प्रहरी कर्मचारी कार्यरत छन् । मानव स्वास्थ्य जस्तो संवेदनशील र अपरिहार्य सेवा आधुनिकतातिर उन्मुख छ । अस्पतालको सेवालाई गुणस्तरीय बनाउने पहल हुँदै आएको छ । यसका लागि सीमित दक्ष जनशक्ति र बजेटको परिधि जस्ता चुनौती छन् । यस्ता चुनौती सामना गर्दै उपचार सेवा थप भरपर्दो र स्तरीय बनाउने सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल भन्छन्, “अस्पतालको साधन स्रोत विज्ञताले धेरै नागरिकलाई समेत राम्रो र प्रभावकारी ढंगले सेवा प्रदान गर्न सकिन्छ भनेर सेवा सुरु गरिएको हो । सेवाप्रति नागरिक आकर्षित भइरहेको अवस्थामा थप जनशक्ति र साधन स्रोतको व्यवस्थापन गरी अझै प्रभावकारी सेवा प्रदान गर्न नेपाल प्रहरी प्रयासरत छ ।”प्रहरी कर्मचारी र तिनका परिवारको स्वास्थ्यको धरोहर बन्दै आएको प्रहरी अस्पताल अब नागरिकको समेत आशाको केन्द्र बनेको छ ।
अस्पतालबाट स्वास्थ्य सेवा पाउँदा नागरिक खुसी छन् । तनहुँ भानु नगरपालिका ८ बगालेगाउँकी २४ वर्षीया रचना रेग्मी मम्प्स (घाँटीमा डल्लो आउने) रोगबाट पीडित भइन् । एक त गर्भवती अवस्थामा त्यसमाथि घाँटीमा डल्लो पलाएपछि निकै पीडा भयो । राजधानीका १ निजी र २ सरकारी अस्पताल पुग्दा पनि निको भएन । त्यसपछि निकै निराश बनेकी रेग्मी आफन्तको सहयोगले नेपाल प्रहरी अस्पताल पुगेकी थिइन् । त्यहाँ उपचार सुरुभएपछि निकै सुधार भएको र अस्पतालको सेवा धेरै राम्रो रहेको प्रतिक्रिया दिँदै उनले भनिन्, “कुनैपनि अस्पतालले जोखिम लिन चाहेनन् अनि यता आएर उपचार सुरु गरियो, अहिले धेरै राम्रो भएको छ ।”
अस्पतालको उपचार शुल्क सामान्य नागरिकको पहुँचमा छ । अन्य सरकारी अस्पताल सरह र कुनै त त्यो भन्दा पनि थोरै शुल्कमा अस्पतालले सेवा दिइरहेको मेडिकल डाइरेक्टर डा. थापाको भनाई छ । नेपाल प्रहरीले विभिन्न प्रदेशमा पनि नागरिकलाई सेवा पुर्याउने लक्ष्य लिएको छ । सेवा विस्तार गरी विकटका जनतालाई स्वास्थ्य सेवा सहज बनाउन प्रहरीको प्रयास छ । प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल भन्नुहुन्छ, “प्रदेशका लागि पनि आवश्यक जनशक्ति र साधनस्रोत व्यवस्थापन गर्ने योजना बनाईसकेका छौं ।”
स्त्री तथा प्रसुती रोगतर्फ सर्वसाधारण महिला विरामीको चाप बढ्दो छ । अस्पतालको राम्रो वातावरण, प्रहरीको अनुशासन र स्वतस्स्फूर्त सेवाबाट अस्पतालको सेवा नागरिकले एकदमै मन पराएको स्त्री तथा प्रसुती रोग बिभागका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. आशा सिंह बताउँछिन् ।सेवालाई गुणस्तरीय र विश्वासिलो बनाउदै उत्कृष्ट अस्पतालको रुपमा स्थापित गर्न अस्पताल टीम सदैव सक्रिय रहेको उनको भनाई छ । अस्पतालको सेवा निकै मन पराएर नागरिकको चाप बढेपछि डा. सिंह उत्साहित देखिन्छिन् ।
अस्पतालमा उपचार गर्न आएका बिरामीहरूले अस्पतालको सेवा धेरै राम्रो र आर्थिक रुपमा सस्तो भन्दै खुसी व्यक्त गर्नेगरेको अस्पतालमा कार्यरत प्रहरी नायव उपरीक्षक डा. नवीनकुमार रौनियारको अनुभव छ ।
प्रहरी अस्पतालमा नागरिकको पनि उपचार हुन्छ भन्ने थाहा थिएन । त्यसैले पहिलोपल्ट आएको भन्ने विरामीहरूको संख्या दैनिक थपिने गरेको डा. रौनियारको भनाई छ । अस्पतालमा हुन नसक्ने उपचारको लागि रिफर गर्न खोज्दा यहीं नै उपचार गरिदिए हुन्थ्यो भन्ने धेरैले चाहना राख्ने गरेको अनुभव अस्पतालमा कार्यरत प्रहरी नायव उपरीक्षक डा. सविता सिंहको छ ।
सेवा प्रभावकारी भए पनि देशका कुना कुन्दराका सेवाग्राहीका लागि अस्पतालको पहुँच कठिन छ । विकट स्थानमा समेत स्वास्थ्य सेवा पहुँच होस् भन्ने सदीक्षा नेपाल प्रहरीको छ । यस्तो सदीक्षा पुरा गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्पतालले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली खटाएर देशका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
कालिकोट लगायतका दुर्गम र बृद्धाश्रम जस्ता स्थानमा शिविर सञ्चालन गरिएको छ । ती शिविरमा आवश्यकता र अस्पतालको क्षमता अनुसार निःशुल्क औषधी समेत वितरण गर्ने गरिन्छ । शिविरको उपचार सेवाले समाजमा सकारात्मक सन्देस र नागरिकलाई खुसी दिएको कालिकोट शिविरमा खटिएकी डा. सविता सिंहको अनुभव छ ।
साझेदारी कार्यक्रम लागू भएपछि निःशुल्क शिविरबाट दुई हजार पाँच सय भन्दा बढी सेवाग्राही लाभाञ्वित भएका छन् । शिविरबारे प्रतिक्रिया दिँदै कालिकोट पलाँता गाउँपालिका-९ थिर्पुका बर्जबहादुर बम भन्छन्, ‘कुनाकन्दरामा औषधी प्रयोग गर्न नसकेको अवस्थामा औषधी पाएर सवै सन्तोष भया, खुशी भया । भविष्यमा पनि पाउने आशा राख्या ।’ अर्का सेवाग्राही नरेन्द्र बम भन्छन्, ‘उपचार गर्न सदरमुकाम जाँदा खर्च लाग्छ । यहीँ उपचार पाएकोले खुशी छौं ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार
मार्ग खुलेको ढेड दशकपछि सडक कालोपत्र, स्थानीय हर्षित
असार १२, २०८१ बुधबार