अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्ति पक्राउ
इन्द्र रिजाल
जेठ ३, २०७६ शुक्रबार १५:५९:२९
काठमाडौं । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेक्रमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले गोङ्गबु नयाँ बसपार्कमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको जानकारी दिए । पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् ।
छापा मार्ने क्रममा गोङ्गबु बिजीमल नजिक सञ्चालन भएको पूजा रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप हुने गरेको भन्दै सोही रेष्टुरेन्टका सञ्चालक सौगात क्षेत्रीलाई सोधपुछ गर्न खोज्दा क्षेत्रीले जाँच नगर्नु भनी प्रहरीलाई रु १८ हजार दिन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय नेपाल प्रहरीले अनैतिक क्रियाकलाप हुने क्षेत्रलाई लक्षित गरेर विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ । गत हप्तामात्र प्रहरीले सादा पोशाकमा प्रहरीलाई खटाएर अनैतिक क्रियाकलापमा संलग्न १२५ लाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस
असार १०, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
असार ५, २०८१ बुधबार
दोलखा घर भएका अजितले आफैले बोकेको राइफलबाट निधारमा गोली हानेको प्रहरीको निष्कर्ष
असार ५, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार