पाँचथर हत्या प्रकरण : दोषीलाई कानुनी कठघरामा ल्याउन ध्यानाकर्षण
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार २२:४२:१६
काठमाडौं । प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दाेष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
पाँचथरमा सोमबार राति भएको सो घटनामा अपरिचित समूहले दुई परिवारका ९ जनाको हत्या गरेको थियो । सांसद भुसालले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गरे ।
त्यस्तै सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाकाबारेमा सार्वजनिकरुपमा जवाफ दिनुपर्ने बताए । बैठकमा सांसद दिलेन्द्रप्रसाद बडूले एक महिनामा तरकारीको मूल्य दोब्बर भएको र बिचौलियाको बिगबिगी बढेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद नमिताकुमारी चौधरीले सर्लाहीमा आगो लगाएर महिलाको हत्या भएको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउँदै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरे ।
सांसद बालकृष्ण खाँणले पेसागत हक–हितको माग गर्दै आन्दोलनरत् नर्स र अस्थायी शिक्षकको माग सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार