आफूले गरेको कामप्रति गर्व महसुस हुने गरी काम गर्नुस : आइजी खनाल
इन्द्र रिजाल
जेठ १०, २०७६ शुक्रबार १९:५४:३
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक प्रहरी कर्मचारीले आफूले गरेको कामप्रति राष्ट्र, समाज, परिवार र आफैँले गर्व महसुस गर्न सक्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
महानगरीय प्रहरी परिसर मातहतका जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्।
संगठनको हालको रणनीति कस्तो छ र प्रहरीले कसरी काम गर्ने भन्ने विषयमा छलफल गर्न तथा राजधानीको सुरक्षा व्यवस्थालाई नमुना रुपमा विकास गरी थप प्रतिफल प्राप्त गर्न निर्देशन सम्बोधन गरिएको उनले बताए ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले हरेक प्रहरी कर्मचारीले संगठनको सोच र नागरिकको अपेक्षा अनुसार काम गर्नुपर्ने चर्चा गर्दै समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत नागरीकसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।
राजधानी आउन सक्ने विषम परिस्थितलाई कुनैपनि त्रुटी हुन नदिई उचित तवरले समाधान गर्नुपर्ने भएकोले कानुन कार्यान्वयनमा कठोरता र विवेकपूर्ण निर्ममता अपनाई काम गर्न उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।
प्रहरीको हरेक गतिविधिले समाजमा सन्देश दिने र एउटा प्रहरीले गरेको नराम्रो कामले सिंगो संगठनमा आँच आउने हुँदा बदमासी कार्य गर्न प्रहरीलाई कुनै छुट नहुने चर्चा गर्दै उनले भने,“गलत नियतमाथि कुनैपनि छुट छैन, त्यस्ता व्यक्ति प्रहरी संगठनमा अटाउन पनि सक्दैनन् ।”
विशिष्ट व्यक्तिको सुरक्षा, सडक सुरक्षा तथा नागरिकसंग प्रत्यक्ष सहकार्यमा गर्ने प्रहरी स्मार्ट हुनुपर्ने भएकोले बोली, वचन, व्यवहार लगायत क्रियाकलाप स्मार्ट, चुस्त, दुरुस्त र नमुनायोग्य हुनेपर्नेमा समेत प्रहरी महानिरीक्षक खनालले जोड दिए ।
प्रहरीको बर्दी लगाएर राष्ट्र र नागरिकको सुरक्षा गरी देशको सेवा गर्न पाउने अवसर प्राप्त भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने, “यो भन्दा ठूलो सेवा अरु कुनै छैन्, हामीले गर्व गर्ने ठाउँमा जागिर खाएका छौँ, यसमै आन्नद लिनुस् ।”
सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने कार्यलाई तिव्रता दिइएको, विगत ६ महिनाको अवधिमा मादक पदार्थ नष्ट र लागूऔषध बरामदमा उल्लेख्य सफलता प्राप्त भएको, बेरुजु फर्छौटमा नेपाल प्रहरी उत्कृष्ट हुन सफल भएको, राजधानीमा पेशेवर अपराधीबाट हुने आपराधिक गतिविधि नियन्त्रणमा आएको लगायतका विषयमा जानकारी गराएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार