डिजिटल सुरक्षाको चुनौती सामनाबारे तर्कसङ्गत बहस हुनुपर्ने हुवावेका अधिकारीको दावी
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
जेठ ११, २०७६ आइतबार ४:३१:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/Huawei_y47NGgLT0C.jpg)
एजेन्सी । चिनियाँ टेलिकम कम्पनी हुवावेले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि तर्कसङ्गतरूपमा सहयोगको अपेक्षा विश्व समुदायबाट कम्पनीले गरेको बताएको छ ।
जर्मनीको पोस्टडममा शुक्रबार सम्पन्न नेटवर्क सुरक्षा सम्मेलनमा हुवावे कम्पनीका उप प्रबन्धक हु हौ खुनले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि आउने तर्कपूर्ण कुरालाई कम्पनीले सम्बोधन गरेर अघि बढ्ने बताए ।
उप प्रबन्धक हुले सम्मेलनमा सम्बोधन गर्दै उक्त विचार व्यक्त गरेको हो । उनले डिजिटल प्रबिधिको तीब्र विकासले धेरै नयाँ सुरक्षा चुनौतीहरू ल्याउँने र कूनै व्यक्ति, व्यवसाय वा मुलुकले यी चुनौतीहरू व्यक्तिगत रूपमा सामना गर्न नसक्ने भन्दै सम्बन्धित सबै पक्षले तथ्यहरूको आधारमा जोखिम मूल्यांकन गर्दै संयुक्त रुपमा सहयोग गर्न आह्वान गरेका छन् ।
उनले हुवावे कम्पनीले डिजिटल सुरक्षालाई व्यापारिक हितभन्दा माथि राखेको भन्दै यो हुवावेको सम्पूर्ण खुल्ला पारिस्थितिको प्रणालीमा लागू भएको उल्लेख गरे।
अमेरिकी सरकारले हालै हुवावे प्रतिबन्ध लगाएको छ । सोबारे उनले हुवावेले अनौठो आरोप र धेरै अनुचित प्रतिबन्ध पाएको छ भन्दै यसले हुवावे हजारौँ आपूर्तिकर्ताहरू र उपभोक्ताहरूलाई नकारात्मक प्रभाव पारेको औँल्याए।
यो द्रुत निर्णयले विश्वव्यापी आपूर्ति शृङ्खलालाई असर गरेको भन्दै बजार प्रतिस्पर्धामा बाधा पुगेको र अन्तर्राष्ट्रिय व्यापारिक मान्यताहरुको उल्लङ्घन भएको उनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारीमा विशेष छुट
असार १२, २०८१ बुधबार