पुनःनिर्माणमा नयाँ अभ्यास : काठैकाठ प्रयोग गरेर घर निर्माण !
इन्द्र रिजाल
जेठ १२, २०७६ आइतबार १३:२३:८
बेत्रावती । चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत् प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ ।
विदुर नगरपालिका–९ जफती एवं आसपासका स्थानसहित रसुवामा समेत नयाँ घर बनाउँदा निर्माण सामग्रीको रुपमा गोब्रेसल्लाको काठ प्रयोग गरेर घर बनाउन स्थानीयवासी आकर्षित भएका छन् ।
भूकम्पपछिको पुनःनिर्माणमा सहयोग पु¥याउन आउनुभएका अष्ट्रियाली नागरिक राफायल लङ्गेहोस्र्तको नेतृत्वमा रहेको यहाँका निर्माणकर्मी सम्मिलित टोलीले स्थानीय स्रोतसाधनको प्रयोग गरेर घरको जग तहसम्म पूरा गरेपछि त्यसपछि काठैकाठ प्रयोग गरेर घर बनाएका छन् । ती घर बहुविपत् प्रतिरोधी रहेको पुष्टि गर्दै भूकम्पपीडित लाभग्राहीलाई आवास पुनःनिर्माणमा सहयोगस्वरुप सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत दिएको विनपा–९ का वडाध्यक्ष सनी चित्रकारले जानकारी दिए ।
उनका अनुसार गारोमा काठ मात्र प्रयोग गरेर बनाइएको घर भूकम्प र आगलागीबाट सुरक्षित रहेको भनेर इञ्जिनीयरबाट सिफारिश भएकाले रु तीन लाख अनुदान उपलब्ध गराइएको छ । ढुङ्गा–माटोबाट बनेका परम्परागत शैलीका अधिकांश घरलाई भूकम्पले क्षति पु¥याएका कारण जोखिमबाट बच्न हाल नयाँ प्रविधिको रुपमा काठको प्रयोग गरेर घर बनाइएको जफतीका कृष्णबहादुर बोगटीले बताए।
उनको अनुसार जफतीको स्थानीयका केही निजी घर र स्वास्थ्यचौकी काठैकाठ प्रयोग गरेर बनाइएको छ । घरको छानामा भने टायल लगाइएको छ । “बासोबास गर्न स्वास्थ्यको दृष्टिकोणले ढुङ्गामाटो प्रयोग गरिएका घर प्रभावकारी भए पनि भूकम्पबाट जोगाउन चुनौती भएकाले काठैकाठको गारो बनाएर घर बनाएका हौँ”, बोगटीले भने, “काठले बनाएका घर भूकम्पले सजिलै नलडाउने, जाडोमा न्यायो र गर्मीमा चिसो महसुस हुने, मुसालगायतका जीवजन्तुको प्रभाव नपर्ने देखिएको छ ।”
काठैकाठको घर बनाउन प्रयोग भएका काठ भने हाल अधिकांश विदेशबाट आयात भइरहेको छ । नेपालको उच्च भू–भागमा पाइने गोब्रेसल्ला जातको काठ ल्याएर यहाँ घर बनाउन व्यस्त अष्ट्रियाका नागरिक राफायल लङ्गेहोस्र्तले आफ्नो देशको उत्कृष्ट नमूनालाई नेपालको भूकम्पपछिको पुनःनिर्माणमा प्रयोगमा ल्याएको बताउछन् ।
निर्माणमा प्रयोग गरिने उक्त काठलाई सिजनिङ तथा प्रशोधन गरिएकाले आगो लागेमा सजिलै नसल्कने, आकर्षण एंव मौलिकपन सुहाउँदो देखिएकाले धेरैको छनोटमा पर्ने गरेको स्थानीयवासी बताउँछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचीनको सिमाना जोडिएको कोरला नाका पूर्वाधारको पर्खाइमा
जेठ १३, २०८१ आइतबार
तमोर–मेवा जलविद्युत आयोजनाको काम सुरु
जेठ ११, २०८१ शुक्रबार
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
जेठ १०, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार