नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय : प्रधानमन्त्री ओली
इन्द्र रिजाल
जेठ १३, २०७६ मंगलबार ०:५७:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको वार्षिकोत्सवका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले बम पड्काउने आतंककारीहरुको कुनै माग नै नभएको र यस्ता तत्वले बिकासका काममा अवरोध सिर्जना गर्न खोजेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने कुरा मानव अधिकारका लागि खतरनाक पक्ष भएको बताए । विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्रीको भनाइ छ ।
नेपाललाई अशान्ततिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रधानमन्त्रीको चेतावनी थियो । त्यस्तै उनले सरकारले प्रेस स्वतन्त्रतामा शतप्रतिशत ग्यारेन्टी गर्ने स्पष्ट पारे । संविधानमै रहेको प्रेस स्वतन्त्रताको व्यवस्थालाई सरकारले सम्मान गर्ने उनले बताए । विभिन्न विधेयकहरु छलफलका लागि ल्याइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई संसदमा गहन छलफलपछि लोकतन्त्र र मानवअधिकारमैत्री बनाइने स्पस्ट पारे ।
नेपाल राजनीतिकरूपमा अन्यत्रभन्दा बढी लोकतान्त्रिक रहेको भन्दै उहाले सामाजिक, आर्थिक, सांस्कृतिकरूपमा पनि अब्बल रहेको बताए । मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार आयोग र मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सरोकारवालाहरुको चासो सम्बोधन गर्न आग्रह गरे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार