हिमालय पर्यटन सहकार्यबारे अन्तर्राष्ट्रिय सम्मेलन बुधबार
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १४:२६:४८
काठमडौं । नेपालमा पहिलोपटक ‘हिमालय पर्यटन सहकार्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय हिमालय पर्यटन सहकार्यको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट ‘नाट्टा’को सहकार्यमा जेठ १५ गते उक्त सम्मेलन हुनलागेको हो ।
होटल याक एण्ड यतीमा हुने उक्त सम्मेलनमा १० देशका विभिन्न हिमाल क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका १५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने नाट्टाका अध्यक्ष सिएन पाण्डेले जानकारी दिए । “नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न यस्ता सम्मेलनले सहयोग पुग्नेछ”, उनले भने ।
यस्तै, सम्मेलनमा नेपालको तर्फबाट भने विभिन्न पर्यटन क्षेत्रमा काम गर्ने २५० प्रतिनिधिको सहभागिता रहने नाट्टाले जनाएको छ ।
सम्मेलनमा नेपालका विभिन्न हिमालका १२० भन्दा बढी तस्वीर प्रदर्शनमा राखिनुका साथै नेपालका विभिन्न पर्यटन संस्थाले नेपालको हिमालबारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे
असोज ११, २०८१ शुक्रबार
विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस
असोज ११, २०८१ शुक्रबार
आज विश्व पर्यटन दिवस मनाइँदै
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार