आजदेखि बजारमा बदलिएको मोड !
इन्द्र रिजाल
जेठ १४, २०७६ बुधबार २:५४:०
काठमाडौं । उत्तर कोरियाको नेता किम जोंग उनले कोरिया मज़दूर पार्टीको केन्द्रीय समितिमा काम सुरु गर्नु भएको ५५ औ बर्षको उपलक्ष्यमा ऊनको योगदान स्मरण गर्दै बदलिएको मोड पुस्तक आज देखि बजारमा आएको छ ।
उत्तर कोरिया राजदुत जो योंग मान पुर्व श्रम तथा यातायत मन्त्री कमल चौलागाई , साहित्यकार डक्टर जीवेन्द्र देव गिरी , साहित्यकार सुलोचना मानन्धर , लेखक जमुना खत्री पुस्तकका सम्पादक विवश बस्ति प्रकाशन संस्था घोष्ट राईटिंग नेपालको अध्यक्ष कमल ढकालले संयुक्त रुपमा विमोचन गरे ।
पुस्तक प्रकाशन संस्थाको अध्यक्ष कमल ढकालले घोष्ट राईटिंग नेपालले हरेक मान्छे भित्र आफुले महापुरुष र महान पुस्तक लुकेको बताउदै त्यो पुस्तक र पुरुषार्थ बाहिर ल्याउन आफु दत्त चित्त भएर लागेको बताउदै जमुना खत्रीको पुस्तक प्रेरणाको पुन्ज भएको बताए ।
साहित्यकार सुलोचना मानन्धरले आफ्नो सहपाठी जमुना साहसको पर्याय भएको र बायोग्राफ़ी पुस्तक लेखेर साहसको परिचय दिएको बताए ।
साहित्यकार जीवेन्द्र गिरीले मृत्युले लखेटनु लखेटदा पनि नहारी जीवनमा अगाडी बढ्ने जमुनाको किताब पढन अनुरोध गरे । कोरियन राजदुत आजको बिशेस दिनमा पुस्तक निक्लनु आफ्नो लागि हर्षको कुरा रहेको बताउदै लेखक साहित्यकार नै समाजवादलाई बचाउने टुल्स भएको बताए ।
प्रमुख अतिथी पुर्व मन्त्री कमल चौलागाईलाई आफुले सहानुभुतिको रुपमा हेर्ने गरेको जमुनालाई आजैदेखि पुस्तक बदलिएको मोडबाट सम्मान गरिन लागेको बताए ।
लेखक जमुना खत्रीले पुस्तक लेख्नु जीवनकथा लेख्नु ठुलै साहस भएको निक्लेपछि थाहा पाएको बताइन् । “ सानैमा आमाको मृत्यु , बिचमा छोराको मृत्यु र पतिको मृत्युले लखेटेपछि कसरी जीवन बॉचे र अगाडी बढ़े भन्ने सबैको लागि प्रेरणा बनोस भनेर यो लेखेको हुँ ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार