तातो हावा चलेपछि तराईका जिल्लाको जनजीवन कष्टकर
इन्द्र रिजाल
जेठ १५, २०७६ बुधबार १९:१६:४
काठमाडौं । पछिल्लो समयम एकाएक चर्को घाम लाग्नुको साथै तातो हावा ‘लू’ चलेपछि महोत्तरीलगायत तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।
तराईका महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत जिल्लामा दिउँसोको समयमा अत्यधिक चर्को घामका साथै लू चलेका कारण सर्वसाधारण प्रभावित भएका छन् ।
चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको गौशालास्थित सिटिजन बैंकका शाखा प्रबन्धक दिलीपकुमार श्रेष्ठले बताए।
उनका अनुसार अन्य महिनाको तुलनामा यो महिना बैंकमा वित्तीय कारोवारका लागि आउने सेवाग्राहीको सङ्ख्या ह्वात्तै घटेको बताइएको छ ।
त्यस्तै तातो हावाहुरी तथा लूकै कारण आँप तथा अन्य तरकारी खेती प्रभावित भएको गौशालाका किसान लक्ष्मेश्वर महतोले बताए । बढ्दो गर्मीका कारण खेतमा काम गर्न कामदारले जान नमानेर समेत फलफूल तथा तरकारी खेती प्रभावित हुन पुगेको उनले जानकारी दिए ।
तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक मनोजकुमार साहले बताए ।
वैशाखयता तराईमा पानी नपर्दा गर्मीका कारण घाउखटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि वृद्धि भएको उनले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कोशी ब्यारेजमा पानीको सतहले अति खतरनाकको विन्दु पार
असोज १३, २०८१ आइतबार
प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित
असोज १३, २०८१ आइतबार
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
असोज १३, २०८१ आइतबार
गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहीन
असोज १३, २०८१ आइतबार
अपडेट: बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता
असोज १३, २०८१ आइतबार
आईपीएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु
असोज १३, २०८१ आइतबार