कर्णाली प्रदेशका बाढीपीडितलाई रकम नपाउने डर
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १७:२४:३६
सुर्खेत । कर्णाली प्रदेश सरकारले ५१४ घरधुरीका बाढीपीडितलाई पहिलो किस्तास्वरुप प्रतिघरधुरी रु एक लाख ५० हजारका दरले उपलब्ध गराउन स्थानीय सरकारलाई अख्तियारी दिइसकेको छ ।
यद्यपि प्रदेश सरकारले प्रदान गरेको रकम स्थानीय सरकारबाट बेलैमा नपाउने हो कि भन्ने डर बाढीपीडितलाई लागिरहेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका लेखा अधिकृत मोहन जैसवालले सुर्खेतका पञ्चपुरी, वीरेन्द्रनगर, भेरीगङ्गा, लेकबेँसी, गुर्भाकोट नगरपालिका र बराहताल गाउँपालिकाका बाढीपीडितका लागि कर्णाली प्रदेश सरकारले पहिलो किस्तास्वरुप रु सात करोड ७१ लाख बजेट अख्तियारी दिए पनि उनीहरुलाई वितरण गर्ने काममा स्थानीय सरकारहरुबाट तीव्रता नआएको जानकारी दिए ।
हाललाई प्रदेश सरकारले बाढीपीडितका लागि नगरपालिका अन्तर्गत पञ्चपुरीमा रु २४ लाख १६ हजार वीरेन्द्रनगरमा रु तीन करोड छ लाख ५३ हजार, भेरीगङ्गामा रु २४ लाख १६ हजार, गुर्भाकोटमा रु ४८ लाख ३२ हजार, लेकबेँसीमा रु १८ लाख १२ हजार र बराहताल गाउँपालिकामा रु एक करोड ३७ लाख ४१ हजार रकम वैशाख ३० गते अख्तियारी दिइसकेको लेखा अधिकृत जैसवालले बताए ।
राहतस्वरुप पहिलो किस्तामा रु एक लाख ५० हजार पाउनेमा सबैभन्दा बढी वीरेन्द्रनगरमा २०३ बाढीपीडित छन् । उनीहरुको फारम सङ्कलन गरेर वितरण प्रक्रियामा लागेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए।
रकम आएका जतिको ढिलो नगरी आवश्यक कागज लिएर वितरण गर्ने प्रमुख सुवेदीको भनाइ छ ।
यता बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बजेट आएका जति सबैको आवश्यक कागज नपुगेकाले वितरण प्रक्रियामा समस्या आएको जानकारी दिए ।
आफ्ना समस्यालाई स्थानीय सरकारका मान्छेले राजनीतिकरण गर्न खोजेको बराहताल गाउँपालिका–५ सुर्खेतका बाढीपीडित प्रतिमा मर्साङ्गी मगरले दुखेसो पोखेका छन् । “प्रदेश सरकारले हाम्रा निम्ति न्याय गरेको छ”, दुखेसो गर्दै उनले भने, “तर स्थानीय सरकारले विभिन्न बाहानाबाजी गरेर हाम्रा पीडालाई बल्झाउन खोज्दैछ ।”
यता कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बाढीपीडितका सवालमा मानवीय पक्षलाई केन्द्रविन्दुमा राखेर सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बताए। “उनीहरुको आपतविपतमा सबै सरकार अभिभावक बन्नुपर्दछ”, उनले भने, “उनीहरुलाई सरकार हुनुको पीडा भोग्नुपर्ने अवस्था ल्याउनु हुँदैन ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोशी ब्यारेजमा पानीको सतहले अति खतरनाकको विन्दु पार
असोज १३, २०८१ आइतबार
गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहीन
असोज १३, २०८१ आइतबार
अपडेट: बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता
असोज १३, २०८१ आइतबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कोशी ब्यारेजमा पानीको सतहले अति खतरनाकको विन्दु पार
असोज १३, २०८१ आइतबार
प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित
असोज १३, २०८१ आइतबार
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
असोज १३, २०८१ आइतबार
गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहीन
असोज १३, २०८१ आइतबार
अपडेट: बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता
असोज १३, २०८१ आइतबार
आईपीएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु
असोज १३, २०८१ आइतबार