पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाइने
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार १२:४७:१३
डोटी । जिल्लाको दुर्गम क्षेत्रमा रहेको बोगटान फुडिसल गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाइने भएको छ । पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन पहल चालिएको अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।
उनले भने , “गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन हामीले द्रुत गतिमा काम अगाडि बढाएका छौँ, सम्भवतः केही महीनामै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्ने छौँ ।”
प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीबाट दुर्गममा रहेका बस्तीमा पनि गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेर पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने गरी काम भइरहेको गाउँपालिकाका कार्यकारी प्रमुख शङ्कर सुचिकारले बताए ।
यसै सिलसिलामा आज मात्रै वडा नं ५ धिर्कामाण्डौँमा सामुदायिक स्वास्थ्य एकाइको उद्घाटनसमेत गरिएको छ । यस वर्ष मात्रै तीन वटा स्वाथ्य एकाइको स्थापना गरेको छ । वडा नं ४ सात्फरीको बल्लेकाँडा र वडा नं ३ कानाचौरको मेल्टामा पनि स्वास्थ्य एकाइ यसै वर्षदेखि शुरु भएको वडाध्यक्ष दीपबहादुर बमले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कोशी ब्यारेजमा पानीको सतहले अति खतरनाकको विन्दु पार
असोज १३, २०८१ आइतबार
प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित
असोज १३, २०८१ आइतबार
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
असोज १३, २०८१ आइतबार
गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहीन
असोज १३, २०८१ आइतबार
अपडेट: बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता
असोज १३, २०८१ आइतबार
आईपीएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु
असोज १३, २०८१ आइतबार