चैते धानमा घाँटी मोरुवा रोगको समस्या, किसान चिन्तित
इन्द्र रिजाल
जेठ २१, २०७६ बुधबार २:१९:४०
चितवन । पूर्वी चितवनमा लगाइएको चैते धानमा घाँटी मरुवा ‘नेक ब्लास्ट’ रोग देखापर्न थालेको छ । जसका कारण राप्ती र खैरहनी नगरपालिकाका कृषक प्रभावित भएका छन् ।
कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठका अनुसार ढुसीका कारण यो रोग देखा परेको हो । हर्दिनाथ एक नामको धानमा यो समस्या देखिएको छ ।
धानमा बाला पसाउने समयमा बालामुनिको घाँटीमा जीवाणुले आक्रमण गर्ने गरेको छ जसका कारण खैरो र कालो दाग देखिने गर्दछ । मुख्यरुपमा बालामा दूध पसाउने समयमा यो रोग लाग्ने गर्दछ ।
रोगले बाला सुकाएर भुसमात्र हुने गर्दछ । श्रेष्ठले गत साल पनि यो समस्या देखिएको बताउनुभयो । दुई दिनअघि राप्ती नगरपालिका–६ मा गएर हेर्दा त्यस क्षेत्रमा लगाइएको धानको ४० प्रतिशत हाराहारीमा नोक्सान भएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
त्यस क्षेत्रमा ३०० बिघा धानमा नोक्सान भएको छ । कृषकलाई आउँदो वर्षबाट यो धान नलगाउन र विकल्पका रुपमा हर्दिनाथ ३, चैते २, चैते ५ सिफारिस गरिएको उनले बताए ।
सन्तुलित मलखादको प्रयोग गर्न र बालामा दूध पसाउने समयमा विषादी प्रयोग गर्न सुझाव दिइएको उनले जानकारी दिए । यसैगरी चैते धानको बीमा गर्न उनको सुझाव छ ।
चैते धानको उत्पादनको मूल्यका आधारमा बीमा गर्ने गरिन्छ । बर्खे धानमा भने लागतका आधारमा बीमा गरिन्छ । जिल्लामा पाँच हजार हेक्टर लगाइन्छ । एक हेक्टरमा चार दशमलव पाँच मेट्रिक टन उत्पादन हुँदै आएको छ । सो क्षेत्र चैते धानको पकेट क्षेत्र मानिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकृषकलाई हाते ट्र्याक्टर वितरण
जेठ १९, २०८१ शनिबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार