सामाजिक सञ्जालले ‘वेश्यावृत्ति बढायो’
इन्द्र रिजाल
जेठ २२, २०७६ बिहिबार ०:४०:३०
फ्रान्सस्थित वेश्यावृत्ति विरोधी समूहद्वारा मंगलबार (२१ जेठमा) प्रकाशित एक विश्वब्यापी अध्ययनअनुसार फेसबुक र टिण्डरजस्ता एपहरूले अनलाईन वेश्यावृत्ति तथा यौन शोषणका ‘बेगवान उद्योग’ लाई बढावा दिइरहेका छन् ।
वेश्यावृत्ति अब “सडकबाट इन्टरनेटसम्म” स्थानान्तरण भएको छ, जहाँ एयरबीएनबी (Airbnb) मा भाडामा लिईएका अपार्टमेन्टमा दलालहरूले स्न्यापच्याट र इन्स्टाग्रामको माध्यमबाट नवयुवतीहरूलाई वेश्यावृत्ति गराउनु अघि भर्ती गर्दछन्, ‘फन्डेसन सेलेस’ नामक वेश्यावृत्ति प्रतिरोधी समूहले बतायो । ‘यौन शोषण :- नयाँ चुनौती नयाँ प्रतिवाद’ नामक उक्त अध्ययनले ३५ मुलुकको प्रवृत्तिउपर दृष्टिगोचर गरेको छ ।
एक महिना पछि अमेरिकी अधिकारीहरूले ‘ब्याकपेज’ नामक विज्ञापन वेबसाइटलाई बन्द गरिदिए, वेश्यावृत्तिका लागि संसारकै सबभन्दा ठूलो वेबसाइट भएको आरोप लगाए र वेश्यावृत्ति तथा धन अपचलनलाई उक्साउने काम गरेको आरोपमा साइटका संस्थापकहरूलाई दोषी ठहर गरे ।
इजरायलमा डेटिङ एप टिन्डर वेश्याहरूलाई खोज्नका लागि सबभन्दा लोकप्रिय उपकरण भएको छ भने जाम्बियाका छात्रहरू एकाध क्लिकमा वेश्या र दलाल भेटाउन ह्वाट्स् अप र फेसबुक साइबर क्याफेका समूहमा सामेल हुने गर्छन् भनी सो प्रतिवेदनमा बताइएको छ । फ्रान्समा (दलाल) समुहहरू फेसबुक र स्न्यापच्याट जस्ता सामाजिक सञ्जालमार्फत ‘कल्याणकारी गृह तथा हाईस्कूलहरू’ का अल्लारे केटीहरूसँग सम्पर्क गर्छन् र अनलाईन विज्ञापन पोस्ट गर्ने र उनीहरूसँग वेश्यावृत्ति गर्नुभन्दा अगाडि नै ‘तुरुन्त पैसा कमाउने अवसर’ को बाचा गर्दछन् ।
डेटिङ् वेबसाईटहरूमा यौनिकताका कुरा भएपनि, तर “वेबसाईटहरूको यस्ता विषयमा कुनै सीधा सरोकार हुँदैन” भनी ध्यान दिलाइएको हुन्छ, साथै “गोपनियता, गुमनामी र स्वविवेक” बारे सहजीकरण गरिएको हुन्छ भनी सो अध्ययनले बताएको छ ।
“यस्तो (गतिविधि) चीन, जर्मनीजस्ता प्रतिबन्धात्मक मुलुकदेखि संसारभरि भइरहेको हुन्छ, जहाँ कानुन निकै उदार छ” फोन्डेसन सेलेसका प्रमुख येवेस सार्पनेलले भने । त्यसो त दोषीहरूलाई फेला पार्न कठिनाई हुन्छ, जो अनलाईन गुमनामीमा वा ‘मसाज’ तथा ‘आनन्दको क्षण’ जस्ता बहुअर्थी विज्ञापनहरूका पछाडि हराईदिन्छन् । “त्यही कम्प्युटरद्वारा आपराधिक नेटवर्क आफ्ना ‘उत्पादनहरू’ पाउनसक्छ, ग्राहकलाई विज्ञापन गर्छ र त्यसपछि धन अपचलन गर्छ”, सार्पनेल भन्छन् । उनले अनलाईन वेश्यावृत्तिको ‘औद्योगिक स्तर’को निन्दा गरे जसले आफ्ना पीडितसँग दूरी बनाएर ‘व्यक्तिगत जोखिमबाट बच्ने’ छुट दिन्छ ।
हालका वर्षहरूमा इन्टरनेटको स्वतन्त्रतालाई सन्तुलित बनाउन र त्यसका सामग्रीप्रति जवाफदेहिता बनाउन सरकारहरू भिडिरहेका छन् । गत मार्चमा अमेरिकी कांग्रेसले एउटा विधेयक पारित ग¥यो, जसले यौन तस्करीको शिकार व्यक्तिहरूलाई जानीजानी गतिविधिमा फसाउने वा (अनैतिक) सुविधा दिने वेबसाइट मालिकका बिरुद्ध न्याय खोज्ने बाटो खोलिदिएको छ । एक महिना पछि अमेरिकी अधिकारीहरूले ‘ब्याकपेज’ नामक विज्ञापन वेबसाइटलाई बन्द गरिदिए, वेश्यावृत्तिका लागि संसारकै सबभन्दा ठूलो वेबसाइट भएको आरोप लगाए र वेश्यावृत्ति तथा धन अपचलनलाई उक्साउने काम गरेको आरोपमा साइटका संस्थापकहरूलाई दोषी ठहर गरे ।
फ्रान्समा जुनमा ‘कतिपय उपयोगकर्ताहरू’ बाट भएको ‘अनुचित उपयोग’ को ‘अभियोग’ बाट बच्न ‘भाईभास्ट्रीट’ नामक विज्ञापन साइटले आफ्नो ‘साक्षात्कार’ (Encounters) शाखा बन्द ग¥यो । प्रतिवेदनमा भनिएको छ, “इन्टरनेटको भरपर्दो सुसञ्चालनको दिशामा यी प्रारम्भिक महत्वपूर्ण कोशेढुङ्गा हुन् ।”
(वेश्यावृत्ति प्रतिरोधी) उक्त संगठनले अधिकारीहरूलाई “सामाजिक अन्तरसञ्जाल परिचालन” गर्ने क्रममा त्यस्ता जिम्मेवार वेबसाईटलाई नियन्त्रण गर्न आग्रह गरेको छ, जसले अनलाईन वेश्यावृत्तिबाट लाभ उठाइरहेका छन् ।
‘हामीले अझै अगाडि जानुपर्ने आवश्यक छ’ संगठनले भनेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
जेठ १९, २०८१ शनिबार
चुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
जेठ १९, २०८१ शनिबार
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार