उद्योग विभागमा जान कर्मचारीहरूबीच तँछाडमछाड
इन्द्र रिजाल
जेठ २३, २०७६ बिहिबार १७:४:५५
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको कम्पनी रजिष्ट्रारको कार्यालयमा खुलमखुला भईरहने घुसप्रकरणमा धेरै कर्मचारीहरूको जागिर गयो । झण्डै एक दर्जन कर्मचारीहरू एक वर्षको अवधिमा अख्तियारको स्ट्रिङ अप्रेशनदेखि अकुतसम्पत्तिको छानविनमा परे र अहिले मुद्दा खेपिरहेका छन् । सँगैको उद्योग विभागमा भने अहिलेसम्म एक जना सुब्बामात्रै अख्तियारको स्ट्रिङ अपरेशनमा परेका छन् । ट्रेडमार्क शाखामा कार्यरत ती सुब्बाले नेपालगञ्जको एक पानी उद्योगसँग ३५ हजार घुस लिने क्रममा अख्तियारको अप्रेशनमा परे ।
सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्नका लागि उद्योग विभागअन्तर्गत एकीकृत सेवा दिने हेतुले कार्यालयसमेत सञ्चालनमा ल्याइसकेको छ । उद्योग दर्ता, विदेशी लगानी र ट्रेडमार्क शाखा उद्योग विभागअन्तर्गतका आकर्षक शाखाका रूपमा चिनिन्छन् । तीमध्ये पनि उद्योग दर्ता र विदेशी लगानी सबैभन्दा बढी आकर्षक मानिन्छन् । कार्यालय सहयोगीदेखि निर्देशकतहसम्मका कर्मचारीहरूका लागि यी शाखा अत्यन्तै आकर्षक मानिन्छन् । यी शाखामा जानका लागि कर्मचारीहरूको ठूलो चलखेल हुने गर्दछ । विभागीय मन्त्रीदेखि सचिव र ट्रेड युनियनका नेतादेखि सत्तारुढ दलका वरिष्ठ नेता एवम् मन्त्रीसँग नजिक रहेका पार्टीका अन्य नेताहरूको दबाब र रवाफबाट उद्योग विभागमा जान कर्मचारीहरूको तँछाडमछाड चल्दै आएको छ ।
कम्पनी रजिष्टार कार्यालय त्यत्तिकै आकर्षकको केन्द्र हो नै तर अख्तियारको प्रत्यक्ष निगरानीमा परेको र बारम्बार भ्रष्टाचार र घुस प्रकरणमा यस कार्यालयका कर्मचारीहरू विशेष अदालतमा मुद्दा खेपिरहेका कारण अहिले उद्योग विभाग नपाएमात्रै ती कर्मचारीहरू कम्पनी रजिष्टार रोज्ने गर्दछन् । सबैभन्दा कम आकर्षकको विभाग भनेको यस मन्त्रालयअन्तर्गत वाणिज्य विभाग पर्दछ । कम्पनी रजिष्टार कार्यालयमा भने अहिले आवश्यकता अनुसार कर्मचारी नहुँदा काममा ढिलाई भइरहेको छ ।
विभाग गइसकेपछि संस्था दर्ता र विदेशी लगानी शाखामा जानका लागि थप सोर्सफोर्स चल्दछ । अतिरिक्त आम्दानी हुने भएका कारणले पनि उद्योग विभागमा जानकै लागि भएको तँछाडमछाड आर्थिक लेनदेनजस्ता कुराहरूले कति प्रभाव पार्छ भन्ने कुरा त केही दिनअगाडि मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यसमेतको विवाद र हात हालाहालको अवस्थाले पुष्टि गर्दछ । यतिबेला नेकपासँग आबद्ध तत्कालीन माओवादी र एमालेसँग नजिक रहेका र युनियनका नाममा राजनीति गरेका बदनाम र भ्रष्टहरू नै राम्रा ठाउँहरूमा पोष्टिङ हुनका लागि लालयित छन् । जसको परिणाम उद्योग विभागमा भएका पोष्टिङहरूले पुष्टि गर्दछ ।
वैदेशिक रोजगार विभागदेखि कम्पनी रजिष्ट्रार कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयलगायतका कार्यालयहरूमा बसी अतिरिक्त आम्दानीमात्रै नभएर विभिन्न घुस प्रकरणहरूमा जोडिएर बदनामी कमाएका भ्रष्ट कर्मचारीहरू अहिले उद्योग विभागमा खचाखच देखिन थालेका छन् । कम्पनी रजिष्टार कार्यालय त्यत्तिकै आकर्षकको केन्द्र हो नै तर अख्तियारको प्रत्यक्ष निगरानीमा परेको र बारम्बार भ्रष्टाचार र घुस प्रकरणमा यस कार्यालयका कर्मचारीहरू विशेष अदालतमा मुद्दा खेपिरहेका कारण अहिले उद्योग विभाग नपाएमात्रै ती कर्मचारीहरू कम्पनी रजिष्टार रोज्ने गर्दछन् । सबैभन्दा कम आकर्षकको विभाग भनेको यस मन्त्रालयअन्तर्गत वाणिज्य विभाग पर्दछ । कम्पनी रजिष्टार कार्यालयमा भने अहिले आवश्यकता अनुसार कर्मचारी नहुँदा काममा ढिलाई भइरहेको छ ।
पछिल्लो समय दुईजना कर्मचारीहरू निलम्बनमा परेपछि झन् कम्पनी रजिष्ट्रारमा कर्मचारीहरू जानै नमान्ने गरेको कुरा मन्त्रालयको प्रशासक शाखाका एक अधिकृतले जानकारी दिए । गतभदौमा कम्पनी रजिष्ट्रार कार्यालयमा अनियमितता हुने गरेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरेको थियो । त्यसक्रममा अनियमितता भएको देखिएपछि कार्यालयका दुई जना कर्मचारी निलम्बनमा परेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयका सहायक सूचना अधिकारी टंक भट्टराईका अनुसार कम्पनी रजिष्ट्रार कार्यालयमा ५६ जनाको दरबन्दी रहेको छ । हाल ४५ जनामात्रै कर्मचारी रहेका छन् । दरबन्दी अनुसार २ जना उपरजिष्ट्रार र २ जना सहायक रजिष्ट्रार गरी करिब एक दर्जन कर्मचारीको कमी रहेको उनले बताए ।
विगतमा मुलुकभरि ५५ हजार कम्पनी भएको अवस्थामा ५६ जनाको दरबन्दी रहेको र हाल २ लाखभन्दा बढी कम्पनी पुगिसक्दा पनि दरबन्दी थपिनुको सट्टा भएकै दरबन्दीमा काम चलाउनु परेको तर भएको दरबन्दीमध्ये पनि पुरा कर्मचारी नहुँदा काममा ढिलासुस्ती हुने गरेको छ । कम्पनीको संख्या बढेसँगै कामको चाप पनि बढेकाले कर्मचारीको दरबन्दी थप्नुपर्ने सूचना अधिकृत भट्टराईको माग थियो । केही वर्ष अघिसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा जान कर्मचारीहरूबीच होडबाजी नै चल्ने गरे पनि अहिले त्यो अवस्था भने नदेखिएको मन्त्रालयको प्रशासनका एक अधिकृतले बताए ।
उद्योग विभागअन्तर्गत उद्योग दर्ता शाखा, आईटी शाखा, वैदेशिक लगानी शाखालगायतमा जान कर्मचारीहरूको सोर्सफोर्स नै लगाउने गर्दछन् । ती शाखाहरूमा चलखेल हुने सम्भावना भएकाले कर्मचारीको आकर्षण बढ्दो क्रममा रहेको हो । उद्योग विभागमा पनि ५६ जनाको दरबन्दी रहेको र पूरै कर्मचारी आफूकहाँ रहेको विभागका महानिर्देशक विनोद सिंहले बताए । मालपोत, भूमिसुधार, वैदेशिक रोजगार, यातायात, उद्योग विभागजस्ता कार्यालयहरू अहिले कर्मचारीहरूका लागि आकर्षक मानिन्छन् । नव जनप्रहारबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
बाढीपहिरोको क्षति, उद्धार र राहतबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै
असोज १३, २०८१ आइतबार
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
असोज १३, २०८१ आइतबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सर्तकता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १३, २०८१ आइतबार