न्यून चापीय प्रणालीको प्रभावले कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी [फोटोफिचर]
इन्द्र रिजाल
जेठ २४, २०७६ शुक्रबार २०:३१:३०
काठमाडौं । पश्चिममा विकास भएको न्यून चापीय प्रणली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुका कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार साँझ कैलाली र कञ्चनपुरमा विकसित भएको प्रणाली बिस्तारै सर्दै आज बिहान काठमाडौँसम्म आइपुगी हावाहुरीसहित वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् मौसमविद् बरुण पौडेलले बताए । उक्त प्रणाली विस्तारै मध्य क्षेत्र हुँदै पूर्वतिर सर्दै गइरहेकाले क्षमता कमजोर भई घाम लागेको मौसमविद् पौडेलले जानकारी दिए।
बेलुकापख भने पुनः प्रि–मनसुनको गतिविधि दोहोरी हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मनसुन सक्रिय भएपछि मात्र प्रि–मनसुन कमजोर हुँदै जाने मौसमविद्को भनाइ रहेको छ ।
मौसमविद् पौडेलका अनुसार यस वर्ष मनसुन एक साता ढिलो गरी भित्रिने भएको छ । जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने गर्छ ।
हालसम्म यो प्रणाली विकसित नभएकाले मनसुन ढिलो भित्रिने सम्भावना रहेको हो । सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । गत वर्ष जुन ८ मा भित्रिएको थियो ।
आज राति देशको पूर्वी र मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागहरुमा आंशिक बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि पूर्वी तथा मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागका स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भाग एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
आइतबार देशको पूर्वी तथा मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागका स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा र मध्य तथा पूर्वी भू–भागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य डिग्री, अधिकतम तापक्रम २८ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा धेरै दीपायलको अधिकतम तापक्रम ४१ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कोशी ब्यारेजमा पानीको सतहले अति खतरनाकको विन्दु पार
असोज १३, २०८१ आइतबार
प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित
असोज १३, २०८१ आइतबार
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
असोज १३, २०८१ आइतबार
गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहीन
असोज १३, २०८१ आइतबार
अपडेट: बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता
असोज १३, २०८१ आइतबार
आईपीएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु
असोज १३, २०८१ आइतबार