मीनभवन पुल अघिको नदी किनारमा सफाइ, चार मेट्रिक टन फोहर व्यवस्थापन !
इन्द्र रिजाल
जेठ २५, २०७६ शनिबार २१:२६:९
काठमाडौं । प्रत्येक हप्ताको शनिबार झैँ आज पनि उपत्यकाका वाग्मतीलगायत सहायक नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियान जस्तोसुकै प्रतिकुल अवस्थामा सञ्चालन गरिँदा जनचेतना जगाउन फलदायी भएको छ ।
जनस्तरबाट शुरु भएको अभियानमा विशेषगरी स्थानीय सरकारले सहयोग नगर्दा सोचे अनुरुपको काम भने हुन नसकेको सफाइ अभियानकर्मीले बताएका छन् । वाग्मती सफाइ माहाअभियानको ३१७औँ हप्तामा मीनभवन पुल अघिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
सफाइमा काठमाडौँ महानगरपालिका लगायत २४ संस्थाका ५०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी माला खरेलले बताए । अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशिष घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं। ३१ का अध्यक्ष नारायण भण्डारीको पनि सफाइमा सक्रियता थियो ।
सफाइ अभियानमा सहयोग गर्नुभएका महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख गोविन्द काफ्ले सरुवा भएका आज बिदाइ समेत गरिएको थियो । रुद्रमती सफाइको २७१ हप्तामा वातावरण दिवसको अवसर पारेर रातोपुलबाट नदी किनारका विभिन्न भाग परिक्रमा गरी जनचेतनामूलक ¥याली निकालिएको थियो । ¥यालीको शुभारम्भ सांसद गगनकुमार थापाले गरे । ¥यालीको समापन प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बताए ।
विष्णुमती सफाइ अभियानको २४४ हप्तामा टेकु कालिमाटी क्षेत्रस्थित नदी किनारका स्थानीयवासीलाई सफा गर्न बाहिर निकालिएको संयोजक शोभाकान्त पाण्डेले बताए । शोभाभगवती मुनिको विष्णुमती धेरै फोहर भए पनि स्थानीयवासी सफाइ सक्रिय नभएकाले बाहिर निकाल्ने कार्यक्रम आयोजना गरिएको हो । सो क्रममा मरेर नदीमा फालिएका पाँच कुकुरलाई सफाइका क्रममा खाडल खनेर पुरिएको थियो ।
वाग्मती तिलगङ्गा खण्ड सफाइको २१८औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक आशा पाण्डेले बताए । वाग्मती सुन्दरीघाट खण्ड सफाइको १२७औँ हप्तामा चोभार गणेशस्थान क्षेत्रमा सफाइ गरी दुई टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिए ।
चक्रपथ सफाइ अभियानको ११४औँ हप्तामा माछापोखरी चोक गङ्गा हल हुँदै माछापोखरी चोकसम्म सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । चक्रपथ वाफल खण्ड सफाइको ९५औँ हप्तामा कलङ्कीबाट सोल्टी दोबाटोसम्म सफाइ गरी एक ट्रक फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका गुह्येश्वरी माथिको वाग्मती क्षेत्र, आलोकनगर, मनोहरा लगायत स्थानमा पनि आज सफाइ गरिएको जनाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कोशी ब्यारेजमा पानीको सतहले अति खतरनाकको विन्दु पार
असोज १३, २०८१ आइतबार
प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित
असोज १३, २०८१ आइतबार
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
असोज १३, २०८१ आइतबार
गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहीन
असोज १३, २०८१ आइतबार
अपडेट: बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता
असोज १३, २०८१ आइतबार
आईपीएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु
असोज १३, २०८१ आइतबार