चीनमा मुसलधारे पानी : ५ जनाको मृत्य, २० लाखभन्दा बढी मानिस प्रभावित !
इन्द्र रिजाल
जेठ २९, २०७६ बुधबार १२:२७:३२
चीन । दक्षिणी चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन्।
वर्षाले सयौँ घरमा क्षति पुर्याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ। अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार वर्षाका कारण २० लाख मान्छे प्रभावित भएका छन् भने सडक तथा पुलमा नराम्ररी क्षति पुगेको छ। ग्वाजो प्रान्तको एउटा शहर नै दुई मिटर पानीमा डुबेको छ।
मौसम पूर्वानुमानसम्बन्धी चिनियाँ निकायका अनुसार दक्षिणी प्रान्त जियाङ्ग्सी र हुनानमा जुन महिनायताकै सबैभन्दा बढी वर्षा भएको छ।
नौवटा शहरमा बाढी पसेपछि जियाङ्ग्सी प्रान्तमा मात्रै डेढ लाख मानिसलाई अन्यत्र सारिएको छ। चाइना डेली पत्रिकाका अनुसार दक्षिण९पश्चिमी ग्वाङ्ग्सी प्रान्तमा २० हजारभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको छ। बिबिसीबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार