अमेरिका-मेक्सिको सहमति सम्झौता असावधानीरुपमा सार्वजनिक
इन्द्र रिजाल
जेठ २९, २०७६ बुधबार १९:१२:०
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँग गरिएको आप्रवासीसम्बन्धी एउटा सहमतिको केही विवरण असावधानीवश सार्वजनिक गरेका छन्।
संवाददाताहरूसँग बोल्दै उनले आप्रवासी नियन्त्रण गर्ने योजनाबारे विस्तृत विवरण दिन अस्वीकार गरेको बिबिसीले जनाएको छ ।
मेक्सिकोलाई सही समयमा त्यो घोषणा गर्न दिन आफूले चाहेको उनको भनाइ थियो। तर उनले उक्त कुरा त्यस बेला बताए जुन बेला उनले एउटा पाना हातमा लिएर हल्लाइरहेका थिए।
त्यसमा सहमतिको विस्तृत विवरण लेखिएको थियो र त्यहाँ खिचिएको तस्बिरबाट महत्त्वपूर्ण कुरा सार्वजनिक भएको छ।उक्त कागजमा उल्लिखित विवरण समाचारमाध्यमहरूले खिचेका तस्बिरमा कैद हुन पुगेका छन् ।
त्यसमा शरणको विषयमा एउटा क्षेत्रीय योजनाको चर्चा गरिएको छ। त्यो योजनामा अमेरिकी करबाट जोगिन कैयौँ ल्याटिन अमेरिकी देशहरूलाई समेटिने देखिन्छ। मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले उक्त योजना आंशिक रूपमा सोमवार सार्वजनिक गरिसकेका छन्।
‘पैँतालीस दिनू समयसीमा उल्लेख भएको उक्त दस्तावेजका अनुसार मेक्सिको शरणार्थी मामिलामा’ सुरक्षित तेस्रो मुलुकू बन्न भएको र त्यो परिस्थिति आइपरेमा विद्यमान कानुन पनि संशोधन गर्ने प्रतिबद्धता अमेरिकी विभागले जनाएको छ ।
मन्त्री एब्रार्डले मेक्सिकोसँग आफ्नो दक्षिणी सिमाना थप सुदृढ पारेर आप्रवासीहरू अमेरिका जाने क्रम रोक्न आफू सक्षम रहेको देखाउन ४५ दिन रहेको बताएका थिए।
विदेशमन्त्रीका अनुसार यो पैँतालीसदिने योजना सफल नभएमा मेक्सिको ूसुरक्षित तेस्रो मुलुकू बन्न पुग्नेछ। अर्थात् मेक्सिको हुँदै शरण खोज्न जानेहरूले शरणार्थी बन्न अमेरिकाको साटो मेक्सिकोमै आवेदन दिनुपर्नेछ।
धेरै पहिलादेखि नै अमेरिकाले त्यस्तो हुनुपर्ने माग राख्दै आएको थियो तर मेक्सिकोले स्वीकारेको थिएन। मन्त्री एब्रार्डले अमेरिकाले त्यो उपायमा जोड दिएको र आफूहरू त्यसको कार्यान्वयनको पक्षमा रहेको बताए।
तर उनले भने, ‘मलाई लाग्छ सहमतिको यो महत्त्वपूर्ण उपलब्धि हो। हामीले उनीहरूलाई भनेका छौँ-मेक्सिकोको प्रस्तावले काम गर्छ गर्दैन भन्ने हेर्न समय तोकौँ र यदि गरेन भने हामी बस्नेछौँ र थप उपाय के आवश्यक हुन्छ त्यसबारे विचार गर्नेछौँ।’
यदि मेक्सिको ४५ दिनभित्र आप्रवासी नियन्त्रण गर्न विफल भएमा अन्य देशहरू पनि त्यस मामिलामा तानिनेछन्।आप्रवासीहरूद्वारा अहिले ट्रान्जिटको रूपमा प्रयोग हुने गरेका ब्राजिल, पनामा र ग्वाटेमालामा शरणार्थी दाबीको प्रक्रियाबारेको बोझ साझेदारी गर्न सकिन्छ कि भन्नेबारे छलफलरू आयोजना गरिनेछ।
छलफलमा सहभागी अमेरिकी प्रतिनिधिहरूले आफ्नो भूमि पार गर्ने आप्रवासीको सङ्ख्या शून्यमा झार्ने प्रतिबद्धता मेक्सिकोबाट खोजेको उल्लेख गर्दै मन्त्री एब्रार्डले त्यो ‘असम्भव अभियान’ भएको टिप्पणी गरेको बिबिसीले उल्लेख गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार