सात सय पशुपालक किसानलाई २२ लाख अनुदान
इन्द्र रिजाल
जेठ २९, २०७६ बुधबार २०:३६:२६
बर्दिया । बढैयाताल गाउँपालिकाअन्तर्गतका सात सय पशुपालक किसानलाई रु २१ लाख ७७ हजार ७ सय ९८ अनुदान वितरण गरिएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशानलय प्रदेश नम्बर ५ को आर्थिक सहयोग तथा भगवती दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा अनुदान वितरण गरिएको सहकारीका व्यवस्थापक हरि सुवेदीले बताए ।
चालु आव २०७५/ ०७६ मा सहकारी संस्थामा दूध बिक्री गर्ने किसानलाई प्रति लिटर रु एक पैसा ९२ का दरले अनुदान सहयोग प्रदान गरिएको सुवेदीको भनाइ छ । किसानले न्यूनतम रु तीन हजारदेखि एक लाखसम्म नगद अनुदान सहयोग पाएका छन् ।
विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना अनुमोदन मनसुन तथा विपद् पूर्वतयारी एवं प्रतिकार्ययोजना २०७६ अद्यावधिक भएको छ ।
प्रमुख जिल्ला अधिकारी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुरुम्बाङ्गको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको मङ्गलबारको बैठकले विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना २०६८को नवौँ अद्यावधिक २०७६ का लागि नौ विषयगत क्षेत्रले तयार पारेको रणनीतिक योजनालाई अनुमोदन गरेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कोशी ब्यारेजमा पानीको सतहले अति खतरनाकको विन्दु पार
असोज १३, २०८१ आइतबार
प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित
असोज १३, २०८१ आइतबार
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
असोज १३, २०८१ आइतबार
गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहीन
असोज १३, २०८१ आइतबार
अपडेट: बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता
असोज १३, २०८१ आइतबार
आईपीएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु
असोज १३, २०८१ आइतबार