यस्तो आउँदैछ उबरको उड्नसक्ने कार, धेरै हिस्सा पारम्पारिक हेलिकोप्टरसँग मिल्दोजुल्दो
इन्द्र रिजाल
जेठ ३०, २०७६ बिहिबार १९:४:४९
एजेन्सी । उबरले आफ्नो नयाँ उड्नसक्ने ट्याक्सी सेवा अनावरण गरेको छ । यसमा मानिसको आन्तरिक तथा केही महत्वपूर्ण फिचर्स देख्नसक्ने बताइएको छ । कम्पनीले सन् २०२३ देखि उड्नसक्ने ट्याक्सी सेवा व्यावसायिकरुपमा शुरु गर्ने बताएको छ ।
तर, यसको परीक्षण २०२१ देखि शुरु हुनेछ । यसको भाडा कति हुन्छ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । तर, पारम्पारिक हेलिकोप्टरको तुलनामा भने सस्तो हुने बताइएको छ ।
उबरको हवाई ट्याक्सी सेवाको पहिलो उडान अमेरिकाको डालास, टेक्ससका साथै लस एन्जल्समा शुरु हुनेछ । कम्पनीले वर्षेनी हुने गरेका उबरको एलिवेट फ्लाइंग ट्याक्सी कन्फ्रेन्समा यो उड्नसक्ने कारणको भित्री भागको दृश्य सार्वजनिक गरेको हो ।
यसको भित्री दृश्यअनुसार यसको धेरै हिस्सा पारम्पारिक हेलिकोप्टरसँग मिल्दोजुल्दो छ । तर, प्रतिवेदनअनुसार यसमा केही महत्वपूर्ण सुविधा भने हुनेछैनन् । तर, उच्च प्रविधिको ग्याजेट र फिचर्स नभए पनि यो निकै विलासी देखिएको छ ।
यसको भित्री भागको संरचनाको डिजाइन फ्रान्सेली कम्पनी साफरानले गरेको हो । यसमा केही उपयोगी चिजहरु पनि समावेश गरिएको छ । जसमा कप होल्डर, इन्टरेक्टिभ स्क्रिन, चार्जर र सीटब्याक पकेट भने छैन । यसमा चार यात्रु बस्ने सुविधा हुनेछ । यसले विना कुनै असुविधा मानिसहरुलाई गन्तव्यमा पुर्याउनेछ ।
यसमा चार सिट र चार झ्याल छन् । यसको सिट बनाउन उच्च गुणस्तरको छालाको प्रयोग गरिएको छ । यसको भित्री भागमा विद्युतीय ब्लू लाइट्सको प्रयोग गरिएको छ । कम्पनीका अनुसार शुरुआतमा यसबाट यात्रा गर्दा केही महँगो पर्नसक्ने भए पनि शुरु भएपछि केही वर्षमै यसबाट यात्रा सस्तो हुँदै जाने बताइएको छ ।
उबरले ल्याएको यो योजना अमेरिकापछि अष्ट्रेलियाको मेलवर्न सहरमा शुरु गरिनेछ । यसलाई घना आवादी भएको सहरमा प्रयोग गर्न सकिन्छ । यसले भर्टिकल टेक अफ र ल्यान्डिङ गर्न सक्छ । साथै यसको यात्रा निकै सहज र सुरक्षित हुने बताइएको छ । यो सवारी विद्युतीय एयरक्राफ्ट ३ सय २० किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्छ । यसले डेढ घण्टाको यात्रा ३० मिनेटमा पूरा गर्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार
माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
बैशाख ३०, २०८१ आइतबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
नेप्सेको ओरालो यात्रा जारी, चार अर्ब २१ करोडभन्दा बढीको कारोबार
जेठ १७, २०८१ बिहिबार
एक महिनादेखि खानेपानीको अभाव : होटल व्यवसायी मर्कामा
जेठ १७, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
जेठ १७, २०८१ बिहिबार
सादा पोसाकका प्रहरी हो भन्दै लुटपाट गर्ने व्यक्ति पक्राउ
जेठ १७, २०८१ बिहिबार
सिनामङ्गल क्षेत्रमा कालोपत्र गरिँदै
जेठ १७, २०८१ बिहिबार
अत्यधिक गर्मीले बाँकेमा खोप अभियान प्रभावित
जेठ १७, २०८१ बिहिबार