सञ्चारमन्त्री बास्कोटा भन्छन्, ‘गुठी विधेयकलाई एकीकरण र संशोधन गर्न जरुरी छ’
इन्द्र रिजाल
जेठ ३०, २०७६ शुक्रबार २:७:१७
काठमाडौं । सरकारले गुठी र यससम्बन्धी क्षेत्रलाई व्यवस्थित गर्न गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक ल्याएको स्पष्ट पारेको छ । जेष्ठ २३ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले गुठी प्रथा बेखारी, हलिया, कमलरी जस्तै रहेको बताउँदै सरकारले यसलाई व्यवस्थित गर्नुपर्ने महसुस गरेको बताए ।
उनले गुठीका सम्बन्धमा उपत्यका र बाहिरलाई फरक दृष्टिले हेर्नुपर्ने पनि बताए । प्रवक्ता बास्कोटाले केहि गुठीहरुको परिवर्तन जरुरी रहेकोपनि उल्लेख गरे । उनले आमूल परिवर्तन भएन भन्ने तर परिवर्तन गर्न नदिने गरेको समेत गुनासो गरे । त्यस्तै उनले सांस्कृतिक पक्षमा कुनै हस्तक्षेप नगरी सुधार गर्न सरकार अघि बढेको स्पष्ट पारे ।
बास्कोटाले लोकसेवाको विज्ञापन रद्द गर्ने निर्णय राज्य व्यवस्था समितिले संविधान र कानुन नै नपढी गरेको बताए । आफूले पनि मिडिया काउन्सिल विधेयकमा आत्मसमीक्षा गरिरहेको बताउँदै बास्कोटाले समितिले पनि कहिलेकाहीँ आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गरे ।
मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरिएको छ । इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिई इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय प्रवक्ता बास्कोटाले बताए । जि–टु–जी प्रक्रियाबाट भारत सरकारसँग युरिया र डिएपी मल खरिद गर्न स्वीकृति दिइएको उहाले बताए ।
त्यस्तै मन्त्रीपरिषद् बैठकले बंगलादेश राजदूतका लागी डा. वंशिधर मिश्र, कतारका लागी डा. नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागी महेशराज दाहाल र स्पेनको राजदूतमा दावा फुटी शेर्पालाई सिफारिस गर्ने निर्णय गरिएको बास्कोटाले जानकारी दिए ।
त्यस्तै एकीकृत स्वास्थ शिक्षा सम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको छ भने संयुक्त अरव इमिरेट्स सरकार र मौरिसस सरकारसँग एमओयुमा हस्ताक्षर गर्न नेपाल सरकारका तर्फबाट माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई अख्तियारी दिइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कोशी ब्यारेजमा पानीको सतहले अति खतरनाकको विन्दु पार
असोज १३, २०८१ आइतबार
प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित
असोज १३, २०८१ आइतबार
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
असोज १३, २०८१ आइतबार
गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहीन
असोज १३, २०८१ आइतबार
अपडेट: बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता
असोज १३, २०८१ आइतबार
आईपीएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु
असोज १३, २०८१ आइतबार