सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाकै ६५ हजार रुपैयाँ पुग्यो
इन्द्र रिजाल
असार ६, २०७६ शुक्रबार २०:२८:१०
काठमाडौं।सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रति तोला ६५ हजार रुपैयाँ पुगेको छ।
बुधवारदेखि लगातार दैनिक हजार रुपैयाँ सुनको मूल्य बढेको छ।महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले शुक्रबारको मूल्य अहिलेसम्मकै बढी भएको बताए।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार प्रभावित भएको हो।विहिबार सुनको मूल्य २५ डलर बढेर प्रतिऔन्स १ हजार ४ सय ५ अमेरिकी डलर कायम भएको छ।अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन्।
अमेरिका र इरानबीच चलिरहेको आणविक विवादले समेत सुनको संचय गर्न थालेकोले मूल्य बढेको हो। सुनको मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ।शाक्यका अनुसार दैनिक २० किलो सुन बिक्री हुने गरेकोमा अहिले घटेको छ।‘मूल्य बढेपछि किन्ने होइन बिक्री गर्न आउने बढेका छन्।’ उनले भने।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार