इँटा उद्योगलाई वातावरणमैत्री र बालश्रममुक्त बनाउन जोड
इन्द्र रिजाल
असार १७, २०७६ मंगलबार १४:२३:२८
खस्यौली । इँटा उद्योगलाई प्रविधिमैत्री, वातावरणमैत्री र बालश्रममुक्त बनाउन सरोकारवालाले जोड दिएका छन् ।सोमबार रुपन्देहीको नयाँमिलमा भएको ‘श्रमिकमैत्री इँटा उद्योग, इँटा उद्योगमैत्री स्थानीय शासन र नीति’ विषयक गोष्ठीमा उनीहरुले प्रदूषण र बालश्रममुक्त गराउन सरकारले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।
उक्त अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले उद्योगले मुलुकको अर्थतन्त्रलाई चलायमान गराइरहेको उल्लेख गर्दै इँटा उद्योगलाई सहजरूपमा कर्जा प्रवाह गर्न पहल गर्ने आश्वासन दिए ।
प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले इँटा उद्योगको पुरानो इतिहास रहेको बताउँदै उद्योगलाई प्रविधिमैत्री बनाएर विकासको मूलधारमा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य निर्मला क्षेत्री, कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख नेत्रलाल अधिकारी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव टीकाराम अर्याल, इँटा उद्योग व्यवसायी सङ्घलगायतले इँटा उद्योगलाई बालश्रममुक्त गराउन चेतनामूलक कार्यक्रम आवश्यक भएको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपस्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा
असोज ११, २०८१ शुक्रबार
देशका यी नदीहरूको जल सतह बढ्ने, सतर्क रहन आग्रह
असोज ११, २०८१ शुक्रबार
सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार