डलरको भाउ फेरि घट्न थाल्यो, १०९ रुपैयाँमा डलर
इन्द्र रिजाल
असार ३१, २०७६ मंगलबार २२:२३:१७
काठमाडौं। अमेरिकी डलरको भाउ केही दिनदेखि अस्थिर देखिएको छ। १११/११२ रुपैयाँ हाराहारी रहँदै आएको डलरको भाउ १०९ रुपैयाँमा आएको छ।
अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ। एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण भएपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ।
अमेरिकी अर्थतन्त्रमा रोजगारीको मुद्दा उठेपछि भारु बलियो भएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ। डलरको भाउ १०९ रुपैयाँ ९६ पैसामा ओर्लिएको हो। गत साता १०९ रुपैयाँ ७८ पैसासम्म झरेको थियो।
अमेरिकी डलरले पहिलो पटक २०७० भदौ ४ गते १०० रुपैयाँको स्तर उक्लिएको थियाे। त्यसपछि निरन्तर बढेर डलरको भाउ ११० रुपैयाँसम्म पुगेको थियो। ७ महिनाअघि बढेर ११९ रुपैयाँ पुगेको थियो।
डलरको मूल्य घट्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा कमी हुन्छ। डलरको कमीले निर्यात व्यापार कमजोर हुन्छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत कमी हुन्छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी घट्छ। नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु सस्तो पर्ने छ।
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ। त्यसैले डलरको भाउ घट्दा नै नेपाली अर्थतन्त्रलाई फाइदा छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार