ओली सरकार बैधानिक रुपमा लोकतन्त्र उल्ट्याउन लाग्यो : वरिष्ठ नेता पौडेल
इन्द्र रिजाल
जेठ १५, २०७६ बुधबार २०:२३:३३
दिपायल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले बैधानिक रुपमा लोकतन्त्र उल्ट्याउनका लागि विभिन्न विद्येयक संसदमा अगाडि बढाएको बताएका छन् ।
नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले मुलुकको शासन सत्ता लोकतन्त्रमा विश्वास नगर्न शक्तिका हात गएकाले आम नागरिकमा फेरि लोकतन्त्र संकटमा पर्न लागेको आभास भएको बताए ।
उनले भने–‘सरकारले ल्याएको विद्ययेक सवै नागरिक अधिकार र लोकतन्त्र तथा संविधानलाई अनादर गर्ने खालका छन् । यो लोकतन्त्रमा विश्वास नहुने शक्तिका हातमा सत्ता पुगेका कारण भएको हो ।
उनीहरु बैधानिक रुपमा लोकतन्त्रको उल्ट्याउने प्रयास स्वरुप प्रेसमाथि अंकुश लगाउने विद्येयक, मानवअधिकार आयोगलाई कमजोर बनाउने विद्येयक, सेनामाथि नियन्त्रण गर्ने, विश्वविद्यालयलाई राजनीतिक भर्तिकेन्द्र बनाउने विद्येयक सरकारले अगाडि बढाएको हो ।’
पौडेलले कांग्रेस सिंगो मुलुक र समाजलाई लोकतान्त्रीकरण गर्ने अभियानमा लागेको बताए । उनले नेपाललाई अनिश्चितता तर्फ लैजाने संकेत देखा पर्न लागेको बताए । उनले मुलुकले हिंसा धान्न नसक्ने भन्दै गणतन्त्रको रक्षाका लागि पनि तत्काल हिंसाको अन्त्य गर्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गरे ।
उनले भने–‘हिंसा मुलुकले धान्न सक्दैन् । त्यसोभएकाले गणतन्त्रको रक्षाका लागि हिंसाको अन्त्य हुनुपर्छ । अहिले जनमत लिएर कम्युनिष्ट पार्टी सत्तामा पुगेका छन् । मुलुकमा गणतन्त्र आएको छ । अब पनि जनतालाई विश्वास नगर्ने राजनीति पार्टीले आफुलाई राजनीति दर्जामा राख्न मिल्दैन ।’
पौडेलले बम बारुद पड्काउने हिंसा जस्तै भ्रष्टाचार पनि अर्को हिंसा भएको बताए । उनले हिंसा र भ्रष्टाचार दुवै लोकतन्त्र विरोधी भएको बताए । पौडेलले भने–‘व्यक्ति हत्या र बम पड्काउनु जस्तै भ्रष्टाचार पनि अर्को हिंसा हो ।
भ्रष्टाचारले पनि जनताको इच्छा अनुरुपका काम हुन सक्दैनन् । यी दुवै लोकतन्त्र विरोधी हुन ।
पौडेलले सरकारले पक्षपाती, मनोमानी शासन संचालन गरी मुलुकलाई निरंकुशता, कम्यूनिष्ट अधिनायकबाद तिर लगेको आरोप लगाउँदै शासकको नियतमा खोट भएको बताए । ‘अपराधिहरु राजनीतिक संरक्षणमा छन् ।
अपाराधीहरु कानुनको दायरामा आउँदैनन्’, नेता पौडेलले भने,‘अख्तियार निरिह छ । अदालत पुलिस प्रशासन निरिह छ तसर्थ कम्यूनिस्टहरुले देश चलाउँन सकिरहेको छैन । यो सरकार असफल भएको छ ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार