गर्भनर नेपाललाई सर्वोच्चको झापड ! प्राइम बैंकका सीईओ मानन्धरको पुर्नबहाली
इन्द्र रिजाल
साउन २८, २०७६ बुधबार २:२८:५९
काठमाडौं । स्वार्थ समुहको डिजाईनमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले जारी गरेको सर्कुलरलाई सर्वोच्च अदालतले रोक लगाई दिएको छ ।
आज सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाको एकल इजलाशले प्राइम कर्मसियल बैंकका सीईओ नारायणदास मानन्धरको पक्षमा स्टेअर्डर जारी गरेपछि गर्भनर नेपालको मनसुवा चकनाचुर भएको हो । बैंकिङ क्षेत्रमा यसलाई राष्ट्र बैंकमाथि सर्वोच्चको झापडका रुपमा लिईएको छ ।
गत साउन २० गते राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै बैंकका सीईओ र सञ्चालकको उमेर हद तोकेपछि प्राइम बैंकका सीईओ मानन्धरसहित दर्जनौ बैंकका अध्यक्ष र सञ्चालकहरु एकैलटमा पदमुक्त भएका थिए । मौद्रिक नीतिमार्फत जबरजस्ती बिगमर्जरको घोषणा गर्ने तयारीमा गम्भिर धक्का लागेपछि तिल्मिलाएका गर्भनर नेपालले निर्देशिकामार्फत बैंक तथा वित्तिय संस्थाहरुलाई मर्जमा जान बाध्य पार्ने नीति अख्तियार गरेका थिए ।
सर्वोच्चको यो आदेशसँगै मानन्धरलगायत बैंकका अन्य सञ्चालक तथा सीईओहरुलाई पनि काम गर्ने बाटो खुलेको छ । तर राष्ट्र बैंकका गर्भनर,डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी लगायतको स्वार्थ समुहको योजनामा गम्भीर धक्का पुगेको छ । साथै गत २० गतेको निर्देशिकाबाट अत्तालिएका बैंकका सीईओहरुले पनि राष्ट्र बैंकको निर्देशन अटेर गर्ने संम्भावना बढेर गएको छ ।
राष्ट्र बैंकको उक्त निर्देशिका खारेजीको माग गर्दै मानन्धरले साउन २२ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गदै मुद्दा दायर गरेका थिए । आज मंगलबार प्रधानन्यायाधीश राणाको एकल इजालाशले मानन्धरलाई काम गर्न दिनु भन्ने अन्तरिम आदेश दिएको हो ।
यसअघि गत २३ गते न्यायाधिश मीरा खड्काको बेञ्चमा परेको यो मुद्दा हेर्दाहेदैमा परि सरेको थियो । अदालतको आदेशसँगै अब मानन्धरले प्राइम बैंकको सीईओमा पुर्नबहाली भएको छ । मानन्धरसँगै एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ,नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेल,सनराइज बैंकका अध्यक्ष मोती दुगड लगायत दर्जनौं संचालकहरुलाई ठुलो राहत मिलेको छ ।
राष्ट्र बैंकले ल्याएको निर्देशिकामा बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोक्ने व्यवस्था राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा नभएको हुँदा कानून विपरित रोक लगाएको देखिएको सर्वोच्च अदालतको ठहर छ । सर्वोच्चले कानूनमा न्यूनतम उमेर हदमात्रै उल्लेख भएको हुँदा अधिकतम उमेर सीमा तोक्ने राष्ट्र बैंकको व्यवस्था नेपालको संविधानको धारा १७ को २ को नेपाली नागरिकलाई पेशा रोजगार गर्ने संवैधानिक हकलाई कुण्ठित बनाएको उल्लेख गरेको छ ।
सर्वोच्चको यो आदेशसँगै मानन्धरलगायत बैंकका अन्य सञ्चालक तथा सीईओहरुलाई पनि काम गर्ने बाटो खुलेको छ । तर राष्ट्र बैंकका गर्भनर,डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी लगायतको स्वार्थ समुहको योजनामा गम्भीर धक्का पुगेको छ । साथै गत २० गतेको निर्देशिकाबाट अत्तालिएका बैंकका सीईओहरुले पनि राष्ट्र बैंकको निर्देशन अटेर गर्ने संम्भावना बढेर गएको छ ।
निर्देशिका ऐन नभएकाले यो कानुनसरह लागु हुन नसक्ने आशयको सर्वोच्चको आदेशले स्प्रेड दरको गणना विधि,काउन्टर साईक्लिक बफर लगायतका सर्कुलरहरुको अवस्था के हुने हो भन्ने गम्भिर प्रश्न पनि खडा गरिदिएको छ । केही दिन अघि पनि राष्ट्र बैंकका तत्कालिन गर्भनर डा. यूवराज खतिवडाको एउटा निर्णयमाथि फैसला गदै सर्वोच्चले जरिवानाको निर्णय गलत भएको व्याख्या गरेको थियो ।
राष्ट्र बैंकले संचालकको हकमा ७० वर्ष र प्रमुख कार्यकारी अधिकृतको हकमा ६५ वर्षको उमेर हद तोकेको थियो । त्यस्तै पदमा बहाल रहेको अवस्थामा संचाकलको हकमा ७४ र प्रमुख कार्यकारी अधिकृतको हकमा ६९ वर्षको उमेरहद तोकेको थियो । सर्वोच्च अदालतले राष्ट्र बैंकलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत निर्देशन दिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार