पुल्चोकमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट (भिडियोसहित)
नेपालबहस संवाददाता
भदौ १८, २०७७ बिहिबार २२:२:२८
१८ भदौ, काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि निर्घात कुटपिट भएको छ । सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा भाइरल भएको भिडियोमा उनलाई दर्जन बढी स्थानीय युवाहरुले कुटपिट गरेका छन् ।
उनलाई मोटरसाइकलबाट थुतेर कुटपिट गरिएको हाे । हेलमेट टाउकोमा लगाएकै अवस्थामा उनलाई भुईमा लडाउँदै कुटपिट गरेको भिडियोमा देखिन्छ । सो भीडमा एकजना युवाले भने उनलाई जोगाएर भीडबाट पर लैजान खोज्दा फेरि अरु युवाले उनीमाथि कुटपिट गरेका छन् ।
पछि प्रहरीको विशेष फोर्स आएपछि मात्रै उनलाई सुरक्षित स्थानमा लिएको भिडियोमा देखिन्छ । घाइते प्रहरीको शर्ट पछाडीबाट च्यातिएको छ । उनको शरीरमा चोट लागेको छ । बिहान पुल्चोकमा अवस्था असामान्य हुँदै गएपछि उनी सवारी साधनलाई डाइभर्ट गर्न खटेका थिए ।
तर ड्युटीमै रहेका उनलाई स्थानीयले भने नराम्रोसँग कुटपिट गरेपछि सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ । महागनरीय ट्रफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत उनको अल्का अस्पतालमा उपचार भइरहेको छ।
हाट, खुट्टा, ढाठ र शरीरमा उनलाई चोट लागेको छ । उनी चढेको मोटरसाइकल स्थानीय युवाहरुले जलाई दिएका छन् । बा २ ब ७२४२ नम्बरको उनको मोटरसाइकलमा आन्दोलनकारीले जलाएपछि प्रहरीले पानी हालेर निभाएको थियो ।
बिहान रथ तान्ने क्रममा प्रहरीले अवरोध गरेपछि नेवार समुदायका युवाहरुले ढुंगामुढा गरेपछि झडप शुरु भएको थियो ।
भिडियो स्रोत : यो हो टिभीबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार