‘टेबुल साल्ट’माथि अनुसन्धान शुरु, तर वाणिज्य विभाग जिम्मेवारीबाट पन्छिदै
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार २०:१९:१२
२५ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको कम्पनीले उत्पादन गरेर अवैध रुपमा बिक्री गरिरहेको ‘टेबुल साल्ट’का बारेमा सरकारले खोज तथा अनुसन्धान थालेको छ । आयोडीन नुनलाई ट्याब्लेटमा हालेर प्रति ट्याब्लेट ३२ रुपैयाँमा बिक्री गर्ने दुगडको अवैध धन्दाबारे नेपालबहस डटकममा समाचार प्रकाशन भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसबारेमा खोज तथा अनुसन्धान थालेको हो ।
टेबुल साल्ट बिक्री हुने भाटभटेनी, बिगमार्ट लगायतका सुपरमार्केटबाट स्याम्पल ल्याएर विभागले अनुसन्धान थालेको छ ।
‘तपाईले भनेपछि भाटभटेनीमै पुगेर हामीले सोधखोज गरेर टेबुल साल्टको प्याकेट र ट्याब्लेट संकलन गरेका छौ’ विभागका अनुसन्धान अधिकृत ध्रुव खनालले नेपालबहससँग भने, ‘सेन्चुरी मसलाले आफ्नो उत्पादन भनेर टेबुल साल्ट बिक्री गरिरहेको पाइएको छ ।’
खनालका अनुसार दुगडको कम्पनीले उत्पादन गरेको टेबुल साल्ट सेन्चुरी मसला भनेर बेच्ने गरेको पाइएको छ । सेन्चुरी मसलामध्ये कै एउटा मसला भनेर बेच्ने गरेकाले छुट्टै अनुमति लिइएको छैन् ।
‘सेन्चुरी मसला नै भनेर टेबुल साल्ट बेच्ने गरेको पाइएको छ’, खनालले भने, ‘सेन्चुरी मसलाको प्याकेटमा जुन मेनुफ्याक्चर प्रोसेस हो । त्यही देखाइएको छ । त्यो बाहेक अरु केही छैन् ।’ नुन भनेर बेचिने टेबुल साल्ट सेन्चुरी मसलाकै प्याकेट तथा उत्पादन भन्दै चोरबाटोबाट बिक्री वितरण गरेको पाइएको छ । ‘दुगड स्पाईसीज एण्ड फूड प्रोडक्सन प्राली’ कम्पनीबाट उत्पादन हुने टेबुल साल्टको प्याकेट तथा साल्टमा छुट्टै ‘म्यानुफ्याक्चरमा प्रोसेस’ उल्लेख छ ।
सरकारी अधिकारीले सोधखोज गर्दा पनि सेन्चुरी मसला नै भनेर टेबुल साल्ट बिक्री गर्ने गरेको पाइएको छ । जुन सरासर गलत हो । नेपालमा आयोडीन नुन उत्पादन र बिक्री गर्ने अधिकार नेपाल साल्ट ट्रेडिङसँग मात्रै छ । तर दुगडको कम्पनीले साल्ट ट्रेडिङले उत्पादन गरेको प्याकेटको नुनलाई ट्याब्लेटमा हालेर दश गुणा महंगोमा बिक्री वितरण गर्दै आइरहेको छ ।
एक किलो आयोनुन प्याकेटमा २० रुपैयाँ पाइने भएपनि १०० ग्रामको नुन दुगडको कम्पनीले ट्याब्लेटमा हालेर ३२ रुपैयाँमा बिक्री गर्दै आएको छ । जुन अवैध भएपनि वाणिज्य विभागले कारवाही गर्न भने आनाकानी गरेको छ । त्यति मात्रै होइन, भाटभटेनीमा नुनमाथि लुट मच्चाउने दुगड कम्पनीलाई वाणिज्य विभागले नै उन्मुक्ति दिएको छ ।
राज्यमन्त्रीको प्रभावमा कर्मचारी ! कारवाही गर्न आनाकानी
सेन्चुरी मसलाको खोल देखाएर आयोडीन नुन बेच्ने राज्यमन्त्री दुगडको अवैध धन्दामाथि डण्डा चलाउन वाणिज्य विभागका कर्मचारी आनाकानी गरिरहेका छन् । दुगडको कम्पनीले गुणस्तर परीक्षण नगरी दश गुणा महंगोमा आयोडीन नुन बेचेको पुष्टि भएपनि विभागका कर्मचारी ‘निषेधाज्ञा र अत्यावश्यक समस्यामा नुन नपर्ने’ भन्दै पन्छिएका छन् ।
‘हामीले भाटभटेनीमा सोधखोज गर्दा सेन्चुरी मसलाको टेबुल साल्ट र बेलायतबाट आउने टेबुल साल्ट बिक्री भइरहेको भेट्टायौ’ वाणिज्य विभागका अनुसन्धान अधिकृत खनालले भने, ‘टेबुल साल्ट बिक्री भइरहेको पाइएपनि हामीले थप अनुसन्धान गर्न सक्दैनौ ।’
उनका अनुसार अहिले पानी, तरकारी, मासु लगायत खाद्यान्नमा महंगो र कालोबजारी भइरहेको गुनासो विभागमा आइरहेको छ । उपभोक्ताको गुनासो अनुसार विभागले पनि अनुगमन र कारवाही गरिरहेको छ । तर बजारमा दशगुणा महंगो मूल्य लिएर टेबुल साल्टका नाममा आयोडीन नुन बेच्ने दुगड कम्पनीमाथि विभागले आँखामा पट्टी लगाई दिएको छ । आफ्नै विभागिय मन्त्री भएकाले पनि बाणिज्यका कर्मचारीहरु धेरै बोल्न डराइरहेका छन् ।
‘जुनसूकै पसलमा २० रुपैयाँमा नुन पाइन्छ । त्यो किन्न छाडेर किन बिगमार्ट, भाटभटेनी जस्ता सुपरमार्केटमा किन जानुप¥यो’ विभागका अनुसन्धान अधिकृत खनाल उल्टै प्रश्न गर्दै भन्छन्, ‘सस्ता छाडेर उपभोक्ता महंगो किन्छन् भने हामी के गर्न सक्छौ ?’ उनको भनाईले राज्यमन्त्री दुगडकै प्रभावमा विभागका कर्मचारी थप अनुगमन र कारवाही गर्न डराएका छन् । यही कमजोरीको फाइदा उठाउँदै राज्यमन्त्रीकै पदमा बसेर दुगड अवैध धन्दा चलाइरहेका छन् ।
टेबुल साल्टको गुणस्तरमाथि प्रश्नचिन्ह !
वाणिज्य विभागले बेवास्ता गरेपनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘टेबुल साल्ट’को नमूना संकलन गरेर गुणस्तर परीक्षण शुरु गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत पर्ने गुण नियन्त्रण विभागले साल्ट नुनबारे प्रश्न उठ्ने वित्तिकै भाटभटेनीबाट नमुना संकलन गरेर गुणस्तर परीक्षण शुरु गरेको हो ।
‘हामीले टेबूल साल्टबारे गुणस्तर परीक्षण गर्न शुरु गरेका छौ’ विभागका एक खाद्य अधिकृतले भने, ‘गुणस्तर जाँच गरेपछि यसको सत्यतथ्य पत्ता लाग्नेछ ।’ साथै गुण नियन्त्रण विभागले सेन्चुरी मसला उत्पादन गर्ने ‘दुगर स्पाईसीज एण्ड फूड प्रोडक्सन प्राली’ कम्पनीमाथि पनि अनुसन्धान शुरु गरेको छ ।
विभागले मातहतका कार्यालयलाई दुगड कम्पनीबाट उत्पादन भइरहेको टेबुल साल्टबारे अनुसन्धान गर्न निर्देशन दिएको छ।
र याे पनि….राज्यमन्त्रीको कुर्सीमा बसेर दुगडको अवैध धन्दा ! उपभोक्तामाथि डकैती शैलीमा लुट !!
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार