राष्ट्र बैंककी जागिरे छोरी :- जसले किर्ते हस्ताक्षर गरेर बृद्ध आमाको करोडौं सम्पति हत्याइन् (श्रृङ्खला–१)
कुसुम सेञ्चुरी
कात्तिक ३, २०७७ सोमबार २२:५६:२८
३ कार्तिक, काठमाडौं । राष्ट्र बैंकमा जागिरे रहेकी छोरीले आफ्नै आमाको नाममा रहेको करोडौँ रुपैयाँ नगद र श्रीसम्पति हत्याएको आरोप लागेको छ । केन्द्रिय बैंकको शक्ति लगाएर उनले आमा र दिदीको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रहेको करोडौं नगद पैसा, सुन र जग्गा किर्ते हस्ताक्षर गरेर हत्याएको दावी उनकी बृद्ध आमाले लगाएकी छिन् ।
आफ्नै आमाको सम्पति हत्याउने छोरी हुन्, नेपाल राष्ट्र बैंकमा प्रथम श्रेणी कर्मचारी अर्थात निर्देशकका रुपमा कार्यरत, शुष्मा रिजाल रेग्मी ।ललितपुर २ सानेपा घर भएकी उनी आफै जागिरे मात्रै होइन, सरकारी जागिरेकी श्रीमति पनि हुन् । जो अहिले आफ्नै कमाईले नपुगेर आफ्नै स्वर्गीय बुवा, जीवित आमा र अपाङ्गता भएकी दिदीको सम्पति हत्याएर आमा र अपाङग दिदीलाई सडकछाप बनाएर घरबाट निकालेकी छन् । उनका श्रीमान कमलप्रसाद रेग्मी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको महानिर्देशकबाट अवकाशप्राप्त कर्मचारी हुन् ।
श्रीमानसँग मिलेर त्यो पनि किर्ते हस्ताक्षर गरेर बिरामी रहेकी आमा र अपाङ्ग दिदीको साँढे ५ करोड भन्दा बढीको सम्पति लुटेकी हुन् । यसले आजको दूनियाँमा मानिस कतिसम्म निर्दयी र अपराधी मानसिकता पालेर श्रीसम्पति जोरजाम गरिरहेको छ भन्ने कुरुप दृश्य देखाउँछ । साइली छोरी शुष्माले आमाको नाममा बैंक तथा विभिन्न वित्तीय संस्थामा भएको करोडौं नगद, शेयर तथा श्रीसम्पति कीर्ते गरेर त कतिपय आमा बिरामी भएका बेला उपचारका लागि भन्दै स्टार अस्पताल सानेपामा भर्ना गरेर त्यतिबेलै वृद्धभत्ताका लागि सहीछाप अर्थात हस्ताक्षर चाहिने भन्दै सबै कागजपत्रमा हस्ताक्षर गरेर हत्याएकी हुन् ।
आमा शोभा रिजाललाई सञ्चो भएपछि मात्रै उनले थाहा पाइन्, आफ्नो सम्पति सबै छोरी शुष्माले किर्ते गरेर हत्याएको कुरा । ८३ बर्षीया शोभा रिजाल क्यान्सरकी रोगी हुन् । उनका श्रीमान भूपेन्द्र दुई बर्षअघि मात्र बितेका थिए । क्यान्सरकै कारण श्रीमान बितेपछि साइली छोरी शुष्माको शरणमा आएकी उनले अस्पतालको बेडमा जीवनमरणका लागि संघर्ष गर्दैगर्दा आफ्ना पतिले बर्षौ दुःख गरेर कमाएको सम्पति छोरीले हत्याएको कुरा सञ्चो भएपछि मात्रै थाहा पाएकी हुन् ।
‘वृद्ध भत्ताका लागि भन्दै हस्ताक्षर गराएकी थिई । म बिरामी थिए । तर उसले सम्पति हत्याउने प्रपञ्च पो रहेछ’ आँखाबाट आँशु झार्दै ८३ बर्षीया शोभाले भनिन्, ‘अहिले मेलै मेरो र छोरीको सम्पति खोज्दा चुप लाग भन्दै हप्काउँछन् । मेरो बिल्लीबाठ बनाए ।’ शुष्माले क्यान्सर पीडित बाबुआमा र अपाङ्गता भएकी दिदीको उपचारका लागि भन्दै विराटनगर महानगरपालिका वडा नं. ६ स्थित ५ विघा र विराटनगरकै आदर्श टोलस्थित २ कठ्ठा ५ धुर जग्गासहितको घरजग्गा ५ करोड भन्दा बढी मूल्यमा बिक्री गरेकी हुन् ।
यसका साथै विराटनगर बाखरीस्थित सवा कठ्ठा जग्गा समेत लठेब्री दिदीको लानपोषणका लागि भन्दै जबरजस्ती आफ्ना नाममा पास गर्न लगाएको पाइएको छ । यस्तै थापाथलीस्थित माछापुच्छ्रे बैंकमा रहेको १ करोड ४४ लाख र सोही बैंकको लकरमा रहेको २२ तोला सुन, १०० तोला चाँदीका गरगहना पनि किर्ते हस्ताक्षर गरेर उनले आफ्नो नाममा नामसारी गरेको आमा शोभाको दावी छ ।
आफ्नै छोरीले सम्पूर्ण जायजेथा लुटेपछि चाउरी परेका गालामा आर्शु झार्दै शोभा न्यायका लागि प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल धितोपत्र बोर्ड धाइरहेकी छन् । सरकारी जागिरे आडमा पदको पावर देखाएर कानुनविपरित किर्ते हस्ताक्षर गरेर सम्पति हत्याएकी छोरीबाट सम्पति फिर्ता पाउनुपर्ने माग शोभाको छ । साइली छोरीबाट लुटिएकी आमाको सम्पति फिर्ता गराउन माइली छोरी गंगा पनि लागिपरेकी छिन् । गंगा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य समेत हुन् ।
‘हामीले पटक पटक बहिनीलाई सम्पति किन लिएको हो ? आमालाई किन दुःख दिएको ? त्यो पनि बिरामी भएका बेला किन किर्ते गरेको हो ? भनेर सोध्यौ’ गंगाले भनिन्, ‘धेरैपटक बोलाएर घरसल्लाह र छलफल पनि गर्यौ । तर कहिल्यै मानिन् । उसको कारण आमाले धेरै दुःख पाएकी छिन् ।’
कान्छी छोरी नुतन रिजाल भने विवाह गरेपछि अमेरिकामा बस्दै आएकी छिन् । दाजु सुरेन्द्र र दिदी गंगा तथा बहिनी नुतनको आग्रह बेवास्ता गरेकी शुष्माले उल्टै यो कुरा थप चर्काएमा आमालाई मारिदिने धम्की दिदै आएको आमा शोभाको दाबी छ ।
हामीले यस विषयमा राष्ट्र बैंककी निर्देशक समेत रहेकी शुष्मा रेग्मी रिजालसँग पनि कुराकानी गर्यौ । जवाफमा उनले यो सामान्य विवाद भएको र अहिले आमाबुवाको एक्लो छोरा सुरेन्द्रले सबै दिदी बहिनीको सम्पति खोजेकाले समस्या उत्पन्न भएको बताइन् । साथै उनले सुरेन्द्रले शुरुमा आमाबुवालाई बेवास्ता गरेको र अहिले सम्पतिको लोभले आमालाई फकाएर मर्नुपूर्व नै बुवाले दिएको सम्पति आफ्नो बनाउन चाहेको पनि आरोप लगाइन् ।
‘शुरुमा सुरेन्द्रले हेरेन । म पाल्दै पाल्दैन् भनेपछि आमा बुवालाई मैले नै पालेकी हुँ । उपचार पनि मैले नै गरेकी हुँ’ नेपालबहससँगको कुराकानीमा शुष्माले भनिन्, ‘अहिले सञ्चो भएपछि छोराको उक्साहटमा मलाई दुःख दिएकी हुन् । मैले त्यसरी सम्पति हत्याएको कुरा त प्रमाणले बोल्नुपर्यो । आरोप मात्रै लगाएर हुदैन् ।’
बाँकी यो भिडियोमा आमाको बयान विस्तृत हेर्न सकिन्छ :-
(आफ्नै आमा र दिदीको किर्ते हस्ताक्षर गरेर सम्पति हत्याउने शुष्मा रिजाल रेग्मीको कर्तुत बाँकी श्रृङ्खला क्रमश प्रकाशित हुनेछ – प्रधानसम्पादक)
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार