भिस्वा नाका तस्करीको अखडा, ईन्सपेक्टर बानियाँको सेटिङ बलियो
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ शुक्रबार २:२४:४९
९ बैशाख, बीरगञ्ज । २ नम्बर प्रदेशको पर्सा जिल्लामा पर्ने छिपहरमाई गाउँपालिकाको भिस्वा नाका अहिले तस्करीको अखडा बनेको छ।भिस्वा नाकामा नेपालबाट चाईनीज स्याउ ,कवाड, युनिलिवरको सेम्पू ,क्लोजअप पेस्ट, फेयर एण्ड लब्ली क्रीम जस्ता कस्टमेटिक समान, मरिच, सुपारी र केराउ ,मदिरा र मटरदाल लगायतको ठुलो तस्करीको लाईन दिएको खुलासा भएको हो ।
त्यस्तै इन्डियाबाट किराना आईटम, हाडवेयर ,मेशिनरी पार्ट्स, इलेक्ट्रोनिक्स सामान, मोटसपार्टस ,हुण्डी करोबार, प्रतिबन्धित लागुऔषध, कपडा, चौपाया र पंछीजन्य बस्तु लगायतको अवैध आयात पनि उत्तिकै छ । गत बैशाख ५ गते आइतबार भारतको सिक्टामा रहेको गोदामबाट ५ सय २० कार्टुन चाईनीज स्याउ लोड गरिरहेको अवस्थामा सिक्टा थाना अध्यक्ष मनिषकुमार शर्मा र एसएसबी ४७ वी बटालियनका इन्स्पेक्टर सहबीओपी प्रभारी राजनन्दन कुमारको संयुक्त टोलीले बरामद गरेपछि यसको रहष्य खुलेको हो ।
भारतको बिहारस्थित सिक्टा थाना अध्यक्ष मनिषकुमार शर्माका अनुसार प्रत्येक कार्टुनमा २०–२० केजी स्याउ रहेको छ । जम्मा ६ हजार ६ सय किलो स्याउको प्रचलित बजार मुल्य ९ लाख बराबरतथा ट्रक बरामद गरेको समाचार भारतीय पत्रपत्रिका र अनलाइनले समाचार लेखेका छन् । तस्करीको उक्त चाइनिज स्याउ बेतिया भन्सार कार्यालयमा बुझाइएको छ ।
नेपालबाट तस्करहरुलाई सहज बनाउनका लागि सशस्त्र प्रहरी बंजारीको इन्चार्जमा ईन्स्पेक्टर संजीव बानियाँलाई खटाइएको छ । स्रोतका अनुसार १३ नः गणका एसपी राजेन्द्र खड्का र २ नः प्रदेश बाहिनीका अधिकारीसम्मलाई मिलाएर भिस्वा नाकाबाट तस्करी भइरहेको छ ।सीमा सुरक्षाको जिम्मा पाएको नेपालस्थित सशस्त्र प्रहरीलाई नै आर्थिक प्रभावमा पारेर यतिबेला तस्करी मौलाएको छ ।
भिस्वामा तस्करी गोदाम दशगजा क्षेत्र नजिक नै रहेको र रात पर्नासाथ अर्थात रातको दश बजेदेखि बिहान चार बजेसम्म तस्करीका सामान प्रहरीले लाईन दिएपश्चात कटाई दिने गरेको स्रोतले बतायो । प्रहरी संरक्षणमा घोषित रुपमा नै तस्करी भईरहेको दावी सो समाचार स्रोतको छ । नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिएको छ तर तस्करी भन्ने उनीहरुकै अगाडिबाट हुन्छ भने यसको जिम्मा कस्ले लिने ? प्रश्न गम्भीर भएर खडा भएको छ ।
सशस्त्र प्रहरीको बीओपीले सीमा सुरक्षा भन्दा पनि तस्करहरुसँग मिलेर कमाउ धन्दा सुरु गरेको यहाँ आउने जोकोहीले देख्न सकिन्छ । यसको लागि धेरै टाढा जानु पर्दैन, पर्साको छिपहरमाई गाँउपालिका भिस्वामा रहेको सशस्त्र प्रहरीको बीओपीमा रहेका प्रमुख संजीव बानियाँलाई हेरे पुग्छ । बानियाँले तस्करहरुसँग मासिक असुली गरेको रकम जिल्लाका हाकिमदेखि देखि २ नः प्रदेशका डीआईजीसम्मलाई भाग पु¥याउने गरेको सशस्त्र प्रहरी स्रोतले दावी गरेको छ ।
यतिसम्मकी तस्करहरुले जिल्लाका सुरक्षा निकायका अन्य प्रमुखदेखि २ नः प्रदेशका डीआईजीसम्मलाई सेटिङ गरेकाले हाम्रो समान कस्ले समात्ने ? भिस्वा कै नामुद तस्करहरुले विभिन्न ठाँउमा भन्दै हिडने गरेका छन् । भिस्वा बीओपीका प्रहरी भने तस्करहरुको समानलाई स्कटीङ गरी सुरक्षित रुपमा बोर्डर कटाउनेसम्मको काम भैरहेको छ । सशस्त्र प्रहरीको प्रत्यक्ष निगरानी तथा निर्देशनमा तस्करी मौलाएको छिपहरमाई गाउँपालिकाका एकजना स्थानीयले नेपालबहस डटकमलाई बताए । सीमा सुरक्षामा खटेका सशस्त्र प्रहरीले चाहने हो भने कुनै पनि बस्तुको तस्करी सम्भव नहुने उनले दावी गरेका छन् ।
सशस्त्र प्रहरीको बीओपी इन्चार्ज बाँनियालाई स्याउ तस्करले ९५ हजार, कवाड तस्करले मासिक ८५ हजार र जुट तस्करबाट ७५ हजार रुपैयाँ मासिक रुपमा बुझाएर तस्करी खुल्ला गरेको कुरा बाहिरिएको छ । भिस्वा नाकाबाट भन्सार छलेर अवैध मालसमान भित्रने र बाहिरिने गरेकाले तस्करहरुको सेटिङमा प्रहरीले आँखा चिम्लिँदा राम्रो आम्दानी हुने गरेको नाम नखोल्ने सर्तमा एकजना सशस्त्र प्रहरीका जुनियर अफिसरले बताए ।
भिस्वाबाट तस्करीको उदाहरण नै हेर्ने हो भनेपनि गत माघ २१ गते राती गोदामबाट ३ सय ८० कार्टुन चाइनिज स्याउ सिक्टा थाना र एसएसबी ४७ वी बटालियनको संयुक्त टोलीले बरामद गरेको थियो । त्यस्तै २ नंबर प्रदेश छिन्रमस्ता बाहिनीको स्कवायड टोलीले भिस्वास्थित दशगजा नजिक वडा कार्यालय अगाडिबाट ट्रेक्टरमा लोड चटीको बोरा (जुट) इन्डिया तस्करी गर्ने क्रममा गत फागुन २४ गते सोमबार बिहान ३ बजे पक्राउ गरेको थियो । तस्करीको चटी बोरा (जुट) र ट्रेक्टर पक्राउ परेपछि इन्स्पेक्टर बानियाँ कै संग्लनतामा तस्करी भईरहेको स्पष्ट पोल खुलेको थियो ।
स्वयम बाहिनीका स्कवायड टोलीले ईन्सपेक्टर बानियाँ कै एरिया पर्ने भिस्वाबाट जुट र ट्रेक्टर पक्रनु र १३ नं. गणको टोलीले चैत १६ गते मंगलबार कवाड पक्राउ गर्नूले बानियाँ कै इशारामा तस्करीको विषयमा खैलाबैला मचेको थियो तर किन भएन बानियाँलाई कुनै किसिमको कार्वाही ? बानियाँ आएदेखि नै कहिले भैंसी काण्ड, कहिले स्याउ काण्ड, जुट काण्डदेखि काण्डै काण्डमा परेको छवि बदनाम भएका इन्स्पेक्टर हुन । के उनी सशस्त्र प्रहरी संगठनभित्र एकमात्र प्रहरी ईन्स्पेक्टर हुन, जसलाई प्रहरीको न कुनै नीतिनियम पालना र कुनै कानुन लाग्दैन् ? एक स्थानीयले प्रश्न गरेका छन् ।
बानियाँ को हुन ? कारवाही किन भएन ? भन्ने बारे सजिलै बुझ्न सकिन्छ कि प्रहरी निरीक्षक बानियाँको भारत र नेपालका नामुद तस्कर गिरोहसँग गहिरो साँठगाठ रहेको छ । डीआईजी चन्द्रप्रकाश गौतम (सीपी गौतम) लाई यहाँबाट भैरहेको तस्करीको विषयमा राम्रो जानकारी छ तर उनी थाहा नपाए झै गर्ने गर्छन । सत्तारुढ दलका मन्त्रीसँगको साठगाठ या निकट सम्बन्धको कारण बाँनियालाई डीआईजी गौतमले केही गर्न नसक्ने स्रोतको भनाई छ ।
ईन्सपेक्टर बानियाँको सेट्टिङमा तस्करी भईरहेको समाचार विभिन्न संचारमाध्यममा पटक – पटक समाचार प्रकाशित हुदाँ समेत तस्करी नियन्त्रण या कुनै छानविन भएको देखिदैन । बानियाँको ठूलो पहुँच र पावर भएकै कारण कुनै कारवाही या सरूवा वा अरु केही गर्न नसकेको पर्सामा व्यापारी तथा जनतादेखि प्रशासनमा समेत उनको चर्चा हुने गरेको छ ।
मुलुकका सीमा नाकाबाट हुने गरेको तस्करी गतिविधि बन्द गराउने र देशको अर्थतन्त्र बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरी संगठन भित्रै रहेका यस्ता भ्रष्ट प्रहरीले गर्दा सशस्त्र प्रहरी संगठनकै नाम बदनाम हुने गरेको पाइन्छ । संगठनले दिएको निर्देशनलाई धज्जी उडाउँदै पावरको गलत प्रयोग गरी आफ्नो बर्दीलाई कमाईखाने भाडो बनाउने गरिएको छ । तसर्थ यस्ता भ्रष्ट प्रहरी अधिकारीलाई समयमै लगाम नलगाए आउने दिनमा सशस्त्र प्रहरी माथिको विश्वास धर्मराउने देखिन्छ ।
भिस्वाका एकजना स्थानीयका अनुसार इन्चार्ज बानियाँ भिस्वामा रहेको रंगोली होटेल रेष्टुरेन्टमा बेलुका सधैं रक्सी खाई ढल्छन तर उनको बडीगार्डको रुपमा रहेका जवानले सधैं उनलाई काखमा हालेर मोटरसाइकलमा राखी बीओपीसम्म पु¥याउने गर्छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार