महाकाली नदीमा तुइन प्रकरण घटनाप्रति सरकार गम्भीर
नेपालबहस संवाददाता
साउन १८, २०७८ सोमबार २१:११:३६
१८ साउन, काठमाडौं । सरकार महाकाली नदीमा तुइन प्रकरण घटनाप्रति गम्भीर बनेकाे छ । महाकाली नदीमा तुइन तर्ने क्रममा नेपाली नागरिक खसेको घटनाबारे सरकारले राष्ट्रियसभालाई जानकारी गराएको हाे । तर भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नताबारे सरकार मौन बसेको छ ।
सोमबार राष्ट्रिय सभामा धारणा व्यक्त गरेपछि सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताएका छन् ।
मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति गठन गरेकाले समितिले प्रतिवेदन नदिँदासम्म छानबिनलाई प्रभावित गर्ने गरी धारणा सार्वजनिक नगर्ने उनले बताए। प्रतिवेदन आइसकेपछि त्यसमा टेकेर सरकार जुनसुकै अडान लिन पनि तयार रहेको उनको भनाइ छ ।
यसबारे छानविन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली बनाएको छ । टोली आजै त्यसतर्फ प्रस्थान गरेको छ । गत शुक्रबार दार्चुलाको मालघाटस्थित महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी काटिदिएपछि जयसिंह धामी नदीमा बेपत्ता भएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार