पर्सा प्रहरीले गायब गर्यो २६ थान मोबाइल
नेपालबहस संवाददाता
भदौ ३, २०७८ बिहिबार २२:३१:२१
३ भदौ, बीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको २६ थान मोबाइल गायब भएको छ । गएको शनिबार साँझ बसपार्कबाट एक व्यक्तिसहित २६ थान मोबाइल प्नहरीले नियन्त्रणमा लिएको भएपनि पक्राउ मानिसलाई छाडेर मोबाइल भने प्रहरी आफैले राखेको हो ।
मोबाइलसहित पक्राउ परेका व्यक्तिलाई एक रात हिरासतमा राखेर प्रहरीले छाडेको भएपनि २६ थान मोबाइल बारे अझैसम्म प्रहरीले सार्वजनिक गरेको छैन् । बरामद गरेको मोबाइल सार्वजनिक गर्नुपर्ने भएपनि प्रहरीले ६ दिन बितिसक्दा पनि सार्वजनिक नगरेर लुकाएर राखेको बुझिएको छ ।
आफूले प्रयोग गर्न र चाडबाड नजिकिँदै गरेको बेला आफन्तलाई उपहार दिन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेको निर्देशनमा प्रहरी अधिकारीहरुले बरामद गरिएका ती मोवाइल सार्वजनिक नगरी आपसमै बाडेको सम्बद्ध स्रोतको दावी छ ।
मोबाइल व्यवसायीका अनुसार प्रहरीले नियन्त्रणमा लिएको मोबाइल बजारमा महंगो मूल्यमा बिक्री हुन्छ । त्यसमध्ये केही एप्पल ब्राण्डका मोबाइल पनि थिए ।
यसरी भएको थियो घटना
गएको शनिबार हेटौँडाका २ जना व्यक्तिले सीमावर्ती भारतीय बजारबाट मोबाइल खरिद गरेर बसपार्क आइपुग्छन् । साँझ परिसकेकाले बीरगञ्जमै बस्ने योजना बनाएर दुबैले होटल खोज्न सुरु गर्छन् । होटल खोजी गर्ने क्रममै उनीहरु उभिएकै ठाउँमा २ जना प्रहरी आइपुग्छ र साथमा भएको झोला चेक गर्दा मोबाइल फेला पार्छ ।
त्यसपछि प्रहरीले बार्गेनिङ सुरु गर्छ । तत्काल ३० हजार बुझाए सामान र मान्छे छाडिदिने भनेर प्रहरीले भन्छ । सँगै रहेका सुजन लामाले अर्को साथीलाई पैसा व्यवस्था गर्न भनेपछि ती साथीले ३० हजार रुपैयाँ व्यवस्था गर्छन् । तर प्रहरीले घटना अहिले नमिल्ने भयो भन्दै जिल्ला प्रहरी कार्यालय लिएर जान्छ ।
जिल्ला प्रहरी कार्यालयमा लामालाई एक रात राखिन्छ । लामाले भित्रैबाट उनीसँगै हेटौँडाबाट आएका साथीलाई अझै २५ हजार र आफूसँग भएको २ थान मोबाइल बुझाउन दवाव दिन्छन् ।
प्रहरीले हिरासतमा राखेका लामाकी श्रीमती सशस्त्र प्रहरी हुन्छिन् । उनैले आफ्नो श्रीमान् लामालाई भोलिपल्ट साँझ छुटाएर लैजान्छिन् । आफू छुटिसकेपछि पनि लामाले सँगै आएका साथीलाई पैसा र मोबाइल प्रहरीमा लगेर बुझाउन भन्दै नबुझाए फसाइदिने भनेर धम्की दिन्छन् ।
तर ती साथीले आफूसँग पैसा नै नभएकाले व्यवस्था गर्न नसक्ने जनाउँछन् । पछि मान्छे छुटे पनि मोबाइल भने अझैसम्म प्रहरीले नै राखेको छ ।
प्रहरी भन्छ, अनुसन्धान भइरहेको छ
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालका अनुसार बरामद भएको मोबाइलका विषयमा अनुसन्धान अझै जारी छ । बरामद भएकामध्ये ५/६ वटा नयाँ किप्याड मोबाइल रहेको र अन्य पुराना मोबाइल रहेकाले चोरीको हो कि भन्ने विषयमा छानविन भइरहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयमा आएका उजुरी र आइएमइआई नम्बर जाँच गरेपछि मात्रै आवश्यक कुरा खुल्ने उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार