गठबन्धनको एकता देखेर आत्तिएका ओलीले असन्तुलित अभिव्यक्ति दिन थालेः पौडेल
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १९:३८:३४
६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन ले गरेको चुनावी एकतालाई देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताएका छन् । उनले अहिलेको व्यवस्थानै ओलीले सिध्याउन खोजेकाले गठबन्धन बनेको र देशलाई पार लगाएर मात्रै छुट्टिने बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा नेता पौडेलले आत्तिएर ओलीको अभिव्यक्ति पनि सन्तुलित हुन छोडेको बताए । नेता पौडेलले अहिलेको गठबन्धन संविधान र व्यवस्था नै सिध्याउन खोज्ने ओलीको अधिनायकवादका विरुद्धमा तयार भएको बताए ।
उनले भने, ‘यो खाली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र बनेको गठबन्धन होइन । त्यसैले तपाईंहरूले गठबन्धनको भावनालाई आत्मसात् गर्नुहोस् । गठबन्धन बनेपछि ओली आत्तिएका छन् । उनी थुरुरु भएका छन् । त्यसैले उनले बोल्दा सन्तुलन समेत गुमाउन थालेको देखिँदै छ ।’
पौडेलले सरकार सञ्चालनको साटो अधिनायक बन्ने आकांक्षा देखाएर संविधान र लोकतन्त्रलाई धरापमा पारेर ओलीले नै गठबन्धन बनाइदिएको तर्क गरे । पौडेलले अहिलेको सत्ता गठबन्धनले सहमति कायम गरेर तालमेल टुंग्याउने दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार