उद्योगी शारदाको गहुँमा कालोबजारीः राजश्व अनुसन्धानसँग अवैध आयातको सेटिङ
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २१:३०:५८
२२ माघ, विराटनगर । भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध गरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरमा संचालिन हुँदै आएका मैदा उद्योगहरु एकैपटक आफनो उत्पादन नै बन्द गरेर बसेका छन । तर करिडोरमा संचालन हुँदै आएको उद्योगी शारडाको उद्योगले भने सेटिङ्गमा गहुँको आयात गरी मैदा उत्पादनलाई निरन्तरता दिएको रहस्य बिस्तारै खुल्न थालेको छ ।
समाचार स्रोतका अनुसार करिडोरको न्युटी फुड्स मैदा उद्योगका उद्योगी प्रदीप शारडाले गहुँको हाहाकार हुँदा समेत मैदा उत्पादनलाई निरन्तरता दिइरहेको रहस्य उद्योगीले नै खोलेपछि थाहा भएको हो । बजारमा मैदाको हाहाकार भई उद्योग नै बन्द भएको कुरा बताउने सुनसरी मोरङ औद्योगिक करिडोरका एक उद्योगीले आफनो नाम नछाप्ने शर्तमा नेपालबहसलाई भने, “करिडोरमा रहेको प्रदीप शारडाले संचालन गर्दै आएको न्युटी फुड्स उद्योगको सिन्डिकेटका कारणले प्रतिमेट्रिक टन ४ हजार ८ सयको भाउमा कारोवार हुँदै आएको मैदा अहिले बजारमा एक्कासी ९ हजार २ सयको मुल्य निर्धारण गरेको” जानकारी दिएका छन ।
उनले भने, उक्त मुल्यमा मैदा किनेर उत्पादन गर्दा सोझै उपभोक्ताबाट कालोबजारीको आरोप लाग्ने हुँदा आफुले उद्योग नै बन्द गरेको कुरा बताए । सुनसरी मोरङ औद्योगिक करिडोरमा ८ वटा मैदा उद्योग संचालन हुँदै आएकामा पछिल्लो समय गहुँको निर्यात भारत सरकारले बन्द गरेपछि अहिले करिडोरमा उद्योगी शारडाको मैदा उद्योग मात्रै संचालनमा रहेको उनले जानकारी दिएका छन । अगाडिदेखि नै सुनसरी मोरङ औद्योगिक करिडोरको न्युटी फुड्स मैदा उद्योगका संचालक प्रदीप शारडाले पुर्वका सबै मैदा उद्योगीलाई मैदा उत्पादनका लागि सिण्डिकेट नै बनाएर अहिलेको हाहाकारका समयमा सेटिङ्गमा अबैध बाटोबाट गहुँ आयात गरी उद्योग संचालन गरेको जानकारी पनि ती उद्योगीले गराएका छन ।
गहुँको हाहाकार भएसँगै पुर्वदेखि पश्चिममा संचालन रहेका मैदा उद्योगहरु मध्ये पछिल्लो समय बीरगंजमा ऋद्धिसिद्धि ग्रुपबाट संचालित मैदा उद्योगको एकलौटी बजार रहेको जानकारी पनि उनले गराएका छन । अहिले ती उद्योगीको नेतृत्वमा मैदा उद्योगीहरुको सिण्डिकेट नै बनाइएको कुरा थाहा भएको छ । उद्योगीहरुले सिण्डिकेटमा बस्नका लागि प्रत्येक उद्योगीले पाँचदेखि सात लाख अग्रिम बुझाउनु पर्ने बाध्यकारी व्यवस्था गरेको कुरा बताइन्छ ।
उक्त उद्योगीको सिण्डिकेटले यो गहुँको हाहाकारमा सेटिङ्गबाट गहुँको आयात गर्नुपर्ने भन्दै राजश्व अनुसन्धान विभागदेखि करिडोरमा संचालन हुँदै आएका उद्योगहरुले सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान कार्यालयसम्म कुरा मिलाएर मैदा उत्पादन गर्नुपर्ने भन्दै रणनीतिक दवाव दिन थालेपछि अवैध बाटोबाट आयात हुँदै आएको गहुँको रहस्य पनि खुल्न पुगेको हो । यता सामान्य कारोवार गर्ने व्यवसायिक प्रतिष्ठानमा पुगेर छापामारी कागजात नियन्त्रणमा लिएर व्यवसायीलाई तारिखमा राख्ने काममा सक्रिय भएको राजश्व अनुसन्धान सुनसरी कार्यालय पछिल्लो समय मैदा उद्योगीको गहुँ आयातका सम्बन्धमा उसले कमाउ अभियान नै संचालन गर्न थालेको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा रातारात शक्तिकेन्द्रको आर्शिवादले सरुवा भई राजश्व अनुसन्धान सुनसरीको जिम्मेवारी सम्हाल्न आइपुगेका खेम ओझाले पछिल्लो समय मैदा हाहाकार हुँदा खुलेयाम अवैध बाटो भएर आएको गहुँ नियन्त्रणमा लिन कुनै चासो नदिएको कुरा बताउन थालिएको छ । जसले गर्दा उद्योगी शारडा र राजश्व अनुसन्धान सुनसरीका प्रमुख ओझा दुवै जना गहुँ आयातका सम्बन्धमा विवादमा फस्न पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार