सेवा व्यापारमा पनि डरलाग्दो तस्वीर :- घाटा मात्रै रु. ११ अर्ब
इन्द्र रिजाल
साउन ८, २०७६ बिहिबार २:१२:४९
काठमाडौं । देशको आर्थिक स्थिति डरलाग्दो किसिमले ओह्रालो लाग्ने क्रम चालु आर्थिक वर्षको पहिलो एघार महिनामा पनि रोकिएको छैन । सबै आर्थिक सुचकांकहरुले मुलुक भीषण दुर्घटनाको सँघारमा जाने संकेत गरेसँगै सेवा व्यापारमा पनि यस्तो अवस्था आउँदा अर्थविदहरुले मुुलुकको आर्थिक अवस्था नियन्त्रण भन्दा बाहिर जाने संकेत गरेका छन् ।
नेपालमा वस्तु व्यापारमा जहिले पनि व्यापारघाटाको अवस्था रहेतापनि सेवा व्यापारका क्षेत्रमा नेपाल नाफामा रहँदै आएको थियो । तर हाल आएर यो क्षेत्र पनि समस्याग्रस्त हुन थालेको छ । रेमिट्यान्सले आय आर्जनमा बृद्धि भएसँगै नेपालीहरुमा विदेश यात्रामा जाने प्रवृत्ति बढ्नु र देशमा गुणस्तरहिन शिक्षाको बोलबोला भएकोले विद्यार्थीहरु पढ्न बाहिर जाँदा यो अवस्थाको सिर्जना भएको हो । फलस्वरुप चालु आर्थिक वर्षको पहिलो एघार महिनामा खुद सेवा आय रु.१० अर्ब ५६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१ अर्ब ४४ करोडले बचतमा रहेको थियो ।
नेपाल आउने विदेशी पर्यटकले गर्ने खर्चमा ९.७ प्रतिशतले मात्र बृद्धि हुनु तर नेपालबाट विदेश जाने नेपाली पर्यटकहरुले गर्ने खर्चमा १२ प्रतिशतले बृद्धि हुँदा भ्रमण आयमा ठूलो असन्तुलन देखिएको हो । मुलुकमा शान्तिसुरक्षाको कमी, गुणस्तरीय पर्यटक आवागमनमा कमी, पर्यटकहरुको बसाई अवधिको घट्दो प्रवृत्ति, सडकका कारण पदयात्रा मार्गहरु मासिँदा तथा पदयात्राको मौािलकता लुप्त हुँदा यस क्षेत्रमा घट्दो आकर्षण र पर्यटन अभिवृद्धिमा ठोस योजना आउन नसक्दा यस्तो अवस्था सिर्जना भएको हो ।
फलस्वरुप सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा ९.७ प्रतिशतले बृद्धि भई रु.६८ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.६२ अर्ब ५७ करोड रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय १२ प्रतिशतले बृद्धि भई रु.८० अर्ब ४५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च रु.४० अर्ब ९९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.७१ अर्ब ८६ करोड रहेको थियो ।
देश भित्र शिक्षाको अवस्था दिनानुदिन बिग्रदै गएको तथ्य पनि यस तथ्यांकले उजागर गरेको छ । फलस्वरुप शिक्षातर्फको खर्च रु ४० अर्ब ९९ करोड पुगेको छ । यस्तै अवस्था कायम रहेमा भविष्यमा नेपालको शिक्षा क्षेत्र थप लथालिंग भई यस क्षेत्रमा थप रकम बाहिर जाने देखिएको छ ।
सरकारी शिक्षण संस्थानहरुमा चरम राजनीति हुँदा सरकारी शिक्षा काम नलाग्ने अवस्थामा पुगेको छ भने निजी शिक्षण संस्थानहरु पनि महँगो भएपछि गुणस्तरीय हुने गलत मानसिकताबाट ग्रस्त हुँदा देशभित्र शिक्षाको अवस्था दिनानुदिन खस्कदो हुँदै गर्दा भविष्यमा शिक्षा क्षेत्रमा बाहिरने क्रम भविष्यमा पनि जारी रहने देखिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक ३०, २०८१ शुक्रबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार