स्कूल विभाग नेतृत्व विवाद उत्कर्षमा, झलनाथले पाउने संभावना
इन्द्र रिजाल
साउन ९, २०७६ शुक्रबार ३:८:१३
काठमाडौं । सत्तारुढ नेकपा भित्र पार्टी एकीकरणका क्रममा स्कूल विभागमा देखापरेको विवाद थप पेचिलो हुँदै गएको छ । कार्यकर्तालाई पार्टीको सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिने महत्वपूर्ण विभागको नेतृत्व कसले गर्ने भन्ने विषय सुल्झाउन निकै कठिन बनेको छ ।
पूर्व एमालेका नेता एवं रक्षामन्त्री ईश्वर पोखरेलले रोजेको यो विभागमा पूर्व माओवादीले समेत आँखा लगाएको छ । पूर्व माओवादी नेता नारायणकाजी श्रेष्ठले स्कूल विभागको नेतृत्व पाउनुपर्ने दावी उक्त पक्षले गरेको छ । पोखरेल र श्रेष्ठ दुबै जना एकीकृत नेकपाका सचिवालय सदस्य समेत रहेका छन् । दुबै पक्षले स्कूल विभागको नेतृत्वलाई प्रतिष्ठाको विषय बनाएका छन् । यही विषयमा विवाद बढेपछि पार्टी एकता प्रकृया नै अवरुद्ध भएको छ ।
भर्खरै मात्र पार्टीको वैचारिक लाइनबारे विवाद हुँदासमेत उनले जनताको बहुदलीय जनवादको वकालत गरेका थिए । त्यसैले पूर्व माओवादी पक्ष कुनैपनि हालतमा स्कूल विभागको नेतृत्व ईश्वरलाई दिन तयार छैन
हिजो मंगलबार बस्ने भनिएको सचिवालय बैठक विवादका कारण भोलिका लागि सारिएको छ । आज वुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका लागि शीर्ष नेताको बैठक डाकेका छन् । अहिले नेताहरुबीच यस विषयमा गम्भिर छलफल भईरहेको छ ।
पूर्व माओवादीको आपत्ति
पार्टीको आधिकारिक धारणा र दृष्टिकोणबारे देशव्यापी रुपमा प्रशिक्षण र बहस चलाउने प्रमुख निकायका रुपमा रहने स्कूल विभाग सबैको रुची र चासो भित्र पर्छ । ईश्वर पोखरेल पूर्व माओवादीप्रति कठोर धारणा राख्ने नेतामा पर्छन् । पार्टी एकताका बेला पनि उनी सन्तुष्ट थिएनन् । माओवादीसँग एकता गर्दा हानी हुने उनको ठम्याई थियो । एकीकरण भइसकेपछि समेत उनले स्व. मदन भण्डारीकै वैचारिक लाइनमा नेकपा जानुपर्ने धारणा राख्दै आएका छन् । उनी जनताको बहुदलीय जनवादका कट्टर हिमायती हुन् ।
एकीकरणका बेला पूर्व एमाले र पूर्व माओवादीको लाइन परिमार्जन गरी जनताको जनवादलाई आधिकारिक बनाउने सहमति भएको थियो । तर पोखरेल भने त्यो लाइनको पक्षमा थिएनन् र अहिले पनि छैनन् । भर्खरै मात्र पार्टीको वैचारिक लाइनबारे विवाद हुँदासमेत उनले जनताको बहुदलीय जनवादको वकालत गरेका थिए । त्यसैले पूर्व माओवादी पक्ष कुनैपनि हालतमा स्कूल विभागको नेतृत्व ईश्वरलाई दिन तयार छैन ।
भूषालद्वयको इन्ट्री
स्कूल विभागको नेतृत्वका सन्दर्भमा पार्टी भित्र विवाद चुलिएपछि पूर्व एमालेका दुई नेता घनश्याम भूषाल र बेदुराम भूषाले पनि सो पदमा दावी गरेका छन् । एमालेमा उपमहासचिव रही सकेका घनश्याम आफू विगतदेखि नै पार्टी स्कूलिङमा सक्रिय रहेकाले सो पदको असली हकदार भएको दावी गरेका छन् । उनले पार्टीका शीर्ष नेताहरुलाई भेटेरै यो विषयमा आफ्नो रुचि बताइसकेका छन् । तर अध्यक्ष ओली नै उनको पक्षमा सकारात्मक छैनन् ।
उता, पार्टीका वरिष्ठ नेता बेदुरामले पनि स्कूल विभागको नेतृत्व दावी गरेका छन् । विगतमा एमाले रहँदा आफूले सो पदको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकाले अहिले निर्विवाद रुपमा आफूले पाउनुपर्ने तर्क गरेका छन् । ०६५ देखि ०७० सम्म बेदुराम एमाले स्कूल विभागका प्रमुख थिए । साथै उनको कमिटीमा घनश्याम उपप्रमुख रहेका थिए । दुबैको दावी रहेपनि शीर्ष नेतृत्व सकारात्मक देखिएका छैनन् । त्यसैले भूषालद्वयले उक्त जिम्मेवारी पाउने संभावना बलियो देखिंदैन ।
ओलीका तीन विकल्प
पार्टी अध्यक्षसमेत रहेका ओली स्कूल विभागको गुत्थी फुकाउन तीन विकल्पमा छलफल गर्दै छन् । पहिलो विकल्प ईश्वरलाई प्रमुख बनाउनु नै रहेकोे छ । पार्टीको वैचारिक लाइन जनताको बहुदलीय जनवाद नै हुनुपर्ने पोखरेलको लाइन हो । मदन भण्डारीको लाइन नै अहिलेका लागि पार्टीको आधिकारिक लाइन हुनुपर्ने उनको धारणा रहेको छ ।
एकीकरणपछि बेरोजगार भएको टिप्पणी गर्दै आएका झलनाथलाई प्रचण्डको प्रस्तावले उत्साही बनाएको छ । यसबारे ओलीसँग सहमति गर्नुहोस्, म तयार छु भन्ने सन्देश खनालले हिजै दिईसकेका छन् । त्यसैले आज हुने छलफलले झलनाथलाई नै स्कूल विभागको नेतृत्व जिम्मा लगाउने संभावना प्रबल देखिन्छ ।
त्यसले गर्दा पोखरेललाई ल्याउन सके पार्टीमा आफ्नो पकड बलियो हुने विश्वास ओलीको रहेको छ । तर पोखरेलको विवादास्पद धारणाबाट झस्केको पूर्व माओवादी पक्ष भने त्यो पद दिने पक्षमा देखिंदैन । ओलीको दोस्रो विकल्पका रुपमा अरु नै कुनै शीर्ष नेतालाई जिम्मा लगाउने रहेको छ । यसका लागि पूर्व एमाले आवद्ध नेता भए सहज हुने उनको तयारी छ । यो विकल्पमा पूर्व माओवादीसमेत सहमत हुने उनको विश्वास रहेको छ ।
तेस्रो विकल्पका रुपमा उनले स्कूल विभागको नेतृत्व अध्यक्षद्वयले नै गर्ने प्रस्ताव राख्ने भएका छन् । यी तीन विकल्पमध्ये एकमा सहमति जुटाउने उद्देश्यले अहिले छलफल जारी छ ।
झलनाथको पुर्परो बलियोे
प्रधानमन्त्री ओलीले आज दोस्रो विकल्पका रुपमा अघि सार्न लागेको विषयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिल्यै बाजी मारिसकेका छन् । प्रचण्डले ईश्वर र नारायणकाजीबीच विवाद चर्केपछि हिजो साँझै शीर्ष नेता झलनाथ खनालसँग स्कूल विभागको नेतृत्व लिइदिन प्रस्ताव गरिसकेका छन् । उक्त प्रस्तावमा झलनाथ सकारात्मक छन् । खनाल पनि सो प्रस्तावबाट हौसिएका छन् ।
एकीकरणपछि बेरोजगार भएको टिप्पणी गर्दै आएका झलनाथलाई प्रचण्डको प्रस्तावले उत्साही बनाएको छ । यसबारे ओलीसँग सहमति गर्नुहोस्, म तयार छु भन्ने सन्देश खनालले हिजै दिईसकेका छन् । त्यसैले आज हुने छलफलले झलनाथलाई नै स्कूल विभागको नेतृत्व जिम्मा लगाउने संभावना प्रबल देखिन्छ । भोलि बस्ने सचिवालय बैठकले यो प्रस्तावलाई अनुमोदन गर्ने छ ।
किन तानातान ?
कम्युनिष्ट पार्टीमा स्कूल विभागलाई ज्यादै महत्वपूर्ण मानिन्छ । यो विभागले पार्टीको वैचारिक बहस चलाउने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापित हुने भएकाले शीर्ष नेताहरु नै यसको नेतृत्व गर्न लालयित हुन्छन् । विभागको नेतृत्व गर्ने नेताले चाहे अनुसार छलफल गर्न र सोही बमोजिम सिद्धान्त तयार गर्न पाउने भएकाले नै सबैको रुचि र आकर्षण बढेको हो ।
अहिले पूर्व एमाले र पूर्व माओवादीबीच वैचारिक रुपमा गम्भिर मतभेद रहेकाले पनि यो विभागको महत्व चुलिएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार