कामै गर्न नसक्ने ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनलाई ठेक्का दिने तयारी
इन्द्र रिजाल
साउन ९, २०७६ शुक्रबार ५:३१:२८
काठमाडौं । नारायणी पुल निर्माण गर्न नसकेपछि सरकारले नै ठेक्का तोडेको ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनलाई अर्को ठेक्का दिने तयारी गरिएको छ । उक्त कम्पनीलाई भेरी बबई डाइभर्सन आयोजनाको हेडवक्स, पावरहाउसलगायतका संरचना निर्माणको ठेक्का दिन लागिएको हो । जबकि उक्त कम्पनीलाई सरकारले नै कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइरहेको सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।
९ अर्ब २६ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको भेरी बबईमा रमण कन्स्ट्रक्सन जेभीले झण्डै ३ अर्ब १० करोड कममा ठेक्का हालेको थियो । उक्त ठेकेदार कम्पनीले चीनको ग्वाङ्डोन (युनाटियनसँग मिलेर उक्त परियोजनाका लागि टेन्डर संयुक्त हालेको थियो हो । भेरी बबईका आयोजना निर्देशक संजीव बराल र ठेकेदार बलराम महतोको मिलमतोमा ठेक्का लिने तर समयमा कामै गर्न नसक्ने भन्दै चिनिएको रमन कन्स्ट्रक्सनलाई दिन लागिएको छ ।
त्यसपछि आयोजनाका असन्तुष्ट कर्मचारीहरुले नै यो सूचना लिक गराएका हुन् । कालोसूचीमा राख्ने तयारी भइरहेको कम्पनीलाई ठेक्का दिन लागिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा असन्तुष्ट कर्मचारीहरुले रिर्पोट गरिसकेको बताइएको छ । यद्यपि त्यसको आधिकारिक पुष्टि भने भएको छैन् । अर्कोतिर आफूले काम गर्दैगर्दा सरकारले नै एकतर्फी ठेक्का तोडेकोले सडक विभागलाई नै विपक्षी बनाएर रमन कन्सट्रक्सन न्यायका लागि अदालत पुगेको छ ।
उक्त ठेकेदार कम्पनी र सडक विभागबीच अहिले मुद्दा विचाराधिन भएकै कारण कालोसूचीमा तत्काल राख्न नसकिएको हुलाकी राजमार्ग निर्देशनालय स्रोतले बतायो । उता हुलाकी राजमार्ग निर्देशनालय भने रमण, पप्पु जेभीले २०६९ मा ठेक्का लिएको उक्त पुल सम्झौताअनुसार २०७३ सालमै निर्माण गरिसक्नुपर्ने थियो । तर, अहिलेसम्म काम नै सुरु नगरेपछि गत असार १६ गते सम्झौता खारेज गर्ने निर्णय भएको हो ।
भेरी बबईको थप कामको ठेक्काः
भेरी बबई डाइभर्सन आयोजनाको सुरुङको काम गत चैत महिनामै सकिएको थियो । आयोजनाका अनुसार अब दोस्रो प्याकेज अन्तर्गत आयोजनाको बाँध, विद्यृत गृह, सर्ज ट्रयाकलगायत निर्माण गर्न लागिएको छ । यो प्याकेजको ठेक्का पाउने कम्पनीले भेरी नदीमा पुलसहित बाँध निर्माण गर्नुपर्ने हुन्छ ।
उक्त बाँध निर्माणको समयावधि करिब ५ वर्ष लाग्ने अनुमान गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनाको हात्तीखालबाट ४६.८ मेगावाट विजुली पनि उत्पादन लक्ष्य राखिएको छ ।
भेरी नदी पुलसहितको बाँध निर्माण हुन्छः
यो आयोजनाको काम आर्थिक वर्ष २०७९ र ८० सम्म सक्नुपर्ने भनिएको छ । आयोजनाका अनुसार भेरी नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण हुनेछ । मुख्य रुपमा सिँचाईका लागि बनाइएको यो आयोजनाबाट वार्षिक करिब चार अर्ब ३ करोड बराबरको विजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । पुरै आयोजना सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने अनुमान गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार